काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र घटकबीचको छलफलमा अब केवल केन्द्रीय सदस्यहरूको सङ्ख्या बढाउनेतिर मात्र ध्यान नदिनुपर्ने बताएका छन्।
बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै प्रचण्डले भने, “केही पक्षमा पालिका कमिटीमा राख्न पनि उपयुक्त नहुने भनिएका व्यक्तिहरू अहिले केन्द्रीय समिति र पोलिटब्युरोमा पुगेका छन्। यसले इमान्दार सदस्यहरूलाई अपमानित महसुस गराउन सक्छ, र राष्ट्रिय राजनीतिमा आवश्यक आन्दोलन निर्माणमा बाधा पुग्न सक्छ।”
उनले भने, “हामीले विभिन्न घटकहरूसँग छलफल गर्दा केवल पद बाँडफाँडमा ध्यान नदिऔं, तर पार्टी एकताको वास्तविक उद्देश्य, संगठनात्मक मजबुती र राष्ट्रिय नेतृत्वको तयारीमा जोड दिऔं।”
प्रचण्डले नेकपाको एकताले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूमा छटपटी सिर्जना गरेको र अवसरवादीहरू झूट बोल्दै, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयासमा लागेको बताउँदै त्यसविरुद्ध सचेत रहन सबैलाई निर्देशन दिएका छन्।
बैठकले आगामी मंसिर २३ मा बागमती प्रदेशमा एकता सभा आयोजना गर्ने निर्णय गरेको छ। साथै, जिल्ला र पालिका स्तरमा पनि एकता सभा आयोजना गर्ने योजना अघि बढाइने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: