Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

युक्रेनमा जारी युद्ध अन्त्य गर्न ट्रम्पद्वारा दूत विटकफलाई मस्को पठाउने तयारी

खबरडबली संवाददाता

काठमाडाैँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न लक्षित शान्ति सम्झौतालाई अन्तिम चरणमा पुर्‍याउने उद्देश्यसहित आगामी हप्ता आफ्ना विशेष दूत स्टिभ विटकफलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि मस्को पठाइने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा जारी सन्देशमा शान्ति सम्झौतासम्बन्धी ‘केवल केही विवादित बुँदाहरू मात्र बाँकी’ रहेको बताउँदै दुवै पक्षबीच सहमति नजिकिएको सङ्केत गरेका छन् ।

यद्यपि, युरोपेली नेताहरूले सतर्क प्रतिक्रिया जनाइरहेका छन् भने रूसी मिसाइल हमलाहरू युक्रेनका विभिन्न स्थानमा निरन्तर जारी नै छन् ।

ट्रम्पले निकट भविष्यमा राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग प्रत्यक्ष भेट गर्ने आशा व्यक्त गर्दै ‘जब युद्ध अन्त्य गर्ने सम्झौता अन्तिम वा अन्तिम चरणमा पुग्छ, त्यसबेला भेट सम्भव हुनेछ’ भनेर बताएका छन् । 

पछि, एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफ्ना ज्वाइँ जारेड कुशनर पनि विटकफको टोलीसँग मस्कोमा सहभागी हुनसक्ने जानकारी दिए ।
यसअघि विटकफ र पुटिनका विदेश नीति सल्लाहकारबीच भएका संवादकै आधारमा वासिङ्टनले अघि सारेको २८–सूत्रीय शान्ति प्रस्ताव तयार भएको हुनसक्ने चर्चा छ ।

ब्लुमबर्गले सार्वजनिक गरेको वार्ताको प्रतिलिपिअनुसार विटकफले ‘गाजामा अपनाइएका उपायजस्तै युक्रेनका लागि २०–सूत्रीय शान्ति योजना बनाउन’ सुझाव दिँदै पुटिनलाई उक्त प्रस्ताव ट्रम्पसमक्ष प्रस्तुत गर्न आग्रह गरेका थिए । 

ट्रम्पद्वारा समर्थित प्रारम्भिक २८–सूत्रीय प्रस्ताव धेरै हदसम्म मस्कोलाई अनुकूल देखिएको भन्दै किएभले कडा असन्तुष्टि जनाएको थियो । हाल त्यसलाई प्रतिस्थापन गर्ने गरी युक्रेनका चासोलाई प्राथमिकता दिने नयाँ प्रस्ताव तयार गरिएको छ ।

प्रस्तावको अद्यावधिक संस्करणसँग परिचित एक अधिकारीले एएफपीलाई यसलाई ‘पहिलेभन्दा उल्लेखनीय रूपमा राम्रो’ भएको बताए ।

विटकफ चाँडै मस्को पुगेर पुटिनसँग सो संशोधित प्रस्तावमा छलफल गर्नेछन् । तर फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले भने रूसको हालको मनोवृत्ति ‘युद्धविराम वा किएभका लागि अनुकूल प्रस्ताव’ तर्फ अभिप्रेरित देखिँदैन भनी चेतावनी दिँदै द्रुत समाधानको सम्भावनामा शङ्का प्रकट गरेका छन् । 

त्यसैबिच, अमेरिकी वार्ताकार डान ड्रिस्कोलले रुसी वरिष्ठ अधिकारीहरूसँगको भेटपछि उत्साहप्रद प्रगति भएको उल्लेख गर्दै ‘वार्ता सकारात्मक छ र हामी आशावादी छौँ’ भन्ने टिप्पणी गरेकमा छन् । ह्वाइट हाउसले पनि ‘महत्त्वपूर्ण प्रगति भएको’ उल्लेख गर्दै तर अझै केही ‘नाजुक तर कठिन विवरणहरू’ बाँकी रहेको बताएको छ ।

यद्यपि, सन् २०२२ मा सुरु भएको युद्ध थामिनसकेको अवस्थामै छ । रूसले मङ्गलबार राति जापोरिझियामा शृङ्खलाबद्ध आक्रमण गर्दा १८ जनाभन्दा बढी घाइते र ३१ आवासीय भवन क्षतिग्रस्त भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।

अघिल्लो रात किएभमा शक्तिशाली विस्फोटहरू भएपछि रुसले प्रहार गरेका ड्रोन र मिसाइलहरूले आगलागी गराएका थिए, जसमा सात जनाको निधन भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

एएफपीका पत्रकारहरूका अनुसार तीव्र हवाई प्रतिरक्षा फायरका कारण रातो–सुन्तला रङको बाक्लो धुवाँले राजधानीको आकाश ढाकिएको थियो र स्थानीय बासिन्दाहरू भूमिगत मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य भएका थिए ।

युद्ध अन्त्यका लागि वार्तामा प्रगति भइरहेको ट्रम्पको दाबीका बाबजुद युरोपेली नेताहरू सतर्क देखिएका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले ‘अझै लामो अनि कठिन मार्ग बाँकी छ’ भनेर चेतावनी दिएका छन् । 

संशोधित शान्ति प्रस्तावमा युक्रेनको भावी सैन्य क्षमतासम्बन्धी एक महत्त्वपूर्ण संशोधन पनि समावेश गरिएको छ, जसअनुसार प्रारम्भिक छ लाखको सीमालाई बढाएर करिब आठ लाख सैन्यजनशक्ति कायम गर्न सकिने व्यवस्था राखिएको छ ।

युक्रेनी वार्ताकार रुस्तम उमरोभले संयुक्त राज्य अमेरिका र युक्रेनबीचको प्रस्तावित सम्झौतामा ‘मूलभूत समझदारी’ रहेको बताउनुभएको छ । तर बाँकी विषयहरू ‘उचित समयमा प्रत्यक्ष वार्तामार्फत’ समाधान गर्नुपर्नेमा उनले स्पष्टीकरण दिए ।

युद्धको प्रभावबाट थकित युक्रेनी सेनाका सार्जन्ट इभान जादोन्त्सेभले पनि वार्तालाई ‘सकारात्मक’ ठहर गर्दै ‘हामी पनि युद्धबाट अत्यधिक थकित छौँ, हामीलाई शान्ति र विश्राम आवश्यक छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।  तर अहिले प्रस्तावित अमेरिकी र युरोपेली सङ्घ (इयु) का कागजातहरूले ‘पूर्ण रूपमा युक्रेनको राष्ट्रिय हितलाई सम्बोधन नगरेको’ उनले को टिप्पणी गरे । 

रूसले हाल युक्रेनको करिब २० प्रतिशित भाग कब्जामा राखिरहेको छ, जसको ठूलो हिस्सा युद्धले ध्वस्त पारिएको छ । युद्धका कारण हजारौँ सैनिक र नागरिकले ज्यान गुमाइसकेका छन् र लाखौँ मानिस देशका पूर्वी भागबाट विस्थापित हुन बाध्य भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा चिसोका कारण विद्यालय बन्द

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...

प्रतिनिधिसभा निर्वाचनकाे लागि महोत्तरी–४ बाट प्रचण्ड र साहको उम्मेदवारी सिफारिस

महोत्तरी ।  आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...

जेन–जी आन्दोलनका बेला फरार ११ जना पक्राउ

सिराहा । जेन–जी आन्दोलनको मौका छोपेर गत २४ भदौमा विभिन्न कारागार र बाल सुधारगृहबाट फरार भएकामध्ये दुई नाबालकसहित ११ जनालाई सिराहा प्रहरीले पक्राउ गरेक...

नजिब रजाकलाई नजरबन्द अस्वीकार

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

भेनेजुएलामाथि दबाद बढाउँदै अमेरिकीका

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ।  पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्‍याएका छन...

गण्डकीका स्थानीय तहमा देखिएका अधिकांश विवाद मेलमिलापमै

बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ स्थानीय तहमा रहेका न्यायिक समितिहरू पछिल्लो समय विवाद समाधानमा निकै प्रभावकारी देखिएका छन्। स्थानीय स्तरमै...

हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

बैतडी । हल गोरु पाल्ने दुर्गमका कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending