म्याग्दी । प्रमुख खाद्यान्नबाली धानको उत्पादन म्याग्दीमा यो वर्ष बढेको छ। गत वर्षको तुलनामा धान उत्पादन ३.१ प्रतिशतले वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार अनुकूल मौसम, रोग–किराको प्रभाव नदेखिनु, भित्र्याउने समयमा असिना नपर्नु र बेमौसमी वर्षाको न्यून असरले उत्पादन बढ्न मद्दत गर्यो।
“धान रोप्नेदेखि हुर्काउने समयसम्म पर्याप्त वर्षा भयो, भित्र्याउँदा पनि मौसम सफा रह्यो। रोग–किरा र असिनाको समस्या नदेखिएकाले उत्पादन वृद्धि भएको हो,” बास्तोलाले भने।
बेमौसमी वर्षाले कात्तिक दोस्रो साता केही स्थान प्रभावित भए पनि ठूलो क्षति भने भएन।
जिल्लाभर ३,८०६ हेक्टर क्षेत्रमा हुने धानखेतीबाट गत वर्ष प्रतिहेक्टर ३.५९ मेट्रिकटनका दरले १३,६६३ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष भने प्रतिहेक्टर ३.७० मेट्रिकटनका दरले १४,०८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ।
बाली कटान विधिबाट संकलित तथ्यांकअनुसार गौरीया, गुडुरा, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, शङ्कर, युएस–३१२लगायत जात यहाँका मुख्य धान हुन्। भिरालो जमिनमा सिँचाइबिनै उब्जने घैया जात लेकाली क्षेत्रमा लोकप्रिय रहे पनि पछिल्लो समय उन्नत जातप्रतिको आकर्षण बढेपछि रैथाने जातको खेती घट्दै गएको कृषि प्रसार अधिकृत गङ्गा लामिछाने बताउँछिन्।
रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दानामा धानखेती हुन्छ। तर धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा अन्नपूर्ण–शिख र राम्चे क्षेत्रमा चिसोका कारण धान खेती हुँदैन।
मङ्गला–२ सिमका किसान ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए। “गत वर्ष १०० मुरी मात्र थियो। मौसमले साथ दिएकोले उत्पादन बढेको हो,” उनले भने।
गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष रु १० लाख विनियोजन भएको बजेट चालु आवमा बढेर रु १५ लाख पुगेको छ। कार्यक्रमअन्तर्गत सिँचाइ, पूर्वाधार विस्तार तथा यान्त्रीकरणमा सहयोग प्रदान गरिँदै आएको छ।
स्थानिय तहमार्फत कोटा निर्धारण गरी रासायनिक मल आपूर्ति सुव्यवस्थित भएपछि किसानले मल अभावको समस्या झेल्नु परेको छैन। तर रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तारमा समस्या र जनशक्तिको कमी भने धान उत्पादनका प्रमुख चुनौती बनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: