काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन् ।
‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनी कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता औँल्याइन् । प्रविधिको प्रयोगले सचेतना बिस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकाले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको बताइन् ।
महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकलगायत बहुआयामिक चोट पुर्याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहने कुरा उनले बताइन् ।
“सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ, कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो । यसमा सबै लाग्नुपर्छ”, उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: