Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गण्डकीमा बढेन हिमाल आरोहणको आकर्षण

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ ।

हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै नेपाल पदयात्रा पर्यटनका लागि पनि विश्वको आकर्षक गन्तव्यका रुपमा विकास भएको थियो ।

आरोहणको इतिहासमा विश्व कीर्तिमानी कायम गरेको यस प्रदेशमा त्यसयता आरोहणका क्रमले भने अपेक्षित गति लिन नसकेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए ।

पर्वतीय पर्यटनसँगै हिमाल आरोहण यहाँको प्रचुर सम्भावना रहे पनि त्यसको राम्रोसँग उजागर हुन नसकेको उनले बताए । विश्वमा आठ हजार मिटर उचाइमाथिका १४ हिमालमध्ये आठ हिमाल नेपालमा पर्दछन् ।

जसमध्ये तीनवटा हिमाल गण्डकी प्रदेशभित्रै रहेका छन् । गण्डकी प्रदेशमा आठ हजार १६७ मिटर उचाइको धौलागिरि प्रथम, आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल हुन् ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा रहेका कुल १२१ हिमाललाई आरोहणका लागि खुला गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत थप विभिन्न १५ हिमाल आरोहणका लागि प्रस्ताव गरिएका छन् भने छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रतिबन्धित छ ।

विशेषतः गुरुङ समुदायको धार्मिक आस्था र विश्वासको माछापुच्छ्रे हिमालको फेदमा रहेको पूजनीयम बराहको धार्मिक महत्वसँगै प्राचीनकालदेखि नै यो हिमालको आरोहण नभएको पाइन्छ ।

कास्कीको घान्द्रुकबाट माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने यो बराह मन्दिरको अलौकिक शक्ति रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

गण्डकी प्रदेशभित्र रहेको ६ हजार ५०० मिटरभन्दा बढी उचाइका ७१ हिमाल आरोहणका लागि अनुमति प्राप्त भएकामा विगत पाँच वर्षयता २२ हिमालको आरोहणका लागि मात्रै पर्यटन विभागमा अनुमति लिएको पाइएको छ । सन् २०२० देखि २०२४ भित्र सबैभन्दा बढी सन् २०२२ मा ८०४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै प्रदेशभित्र ६ हजार ५०० मिटरभन्दा कम उचाइका आरोहणका लागि खुला गरिएका ५० हिमालमध्ये सन् २०२० देखि २०२४ सम्ममा जम्मा पाँच हिमालका लागि ९०७ जनाले आरहेणको अनुमति लिएको पाइएको छ ।

गण्डकी प्रदेशभित्र हिमाल आरोहणका लागि सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा रहेको नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा पर्वतारोहणका लागि पर्यटक पथ प्रदर्शकको पनि कमी रहेको बताउँदै उहाँले पछिल्लो समयमा गोरखाको लाप्राकमा पर्यटक पथप्रदर्शकहरू थपिएको जानकारी दिए ।

पर्वतारोहणको सबै अनुमति पर्यटन विभागबाट हुने गरे पनि ६ हजार ५०० माथि र त्यहाँभन्दा तल उचाइ आदिका कारण अनुमतिको कही प्रावधान भने फरक रहेको उनले बताए ।

पछिल्ला समयमा गण्डकी प्रदेशमा आरोहणको आकर्षण बढाउन प्रयासहरू भने भइरहेको बताउँदै उहाँले नेपाल पर्वतारोहण सङ्घमार्फत पर्यटक गाइडका लागि तालिममा पनि जोड दिइएको बताए ।

सङ्घकै आयोजनामा यसअघि ६ हजार १२ मिटर उचाइको धम्पुस पिक र छ हजार १४४ मिटर उचाइको थोाराङ पिकको प्रवर्द्धनात्मक आरोहणसमेत गरिएको थियो ।

“यस क्षेत्रमा आकर्षण बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने, “पर्यटक पथप्रदर्शक तयार गर्नका लागि राज्यका तर्फबाट विभिन्न किसिमका तालिम सञ्चालन गरिनु अपरिहार्य छ ।”

धेरै सम्भावना भएर पनि पर्वतारोहण पर्यटनको गण्डकी प्रदेशमा आकर्षण बढ्न नसकेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए । हिमाल आरोहणमा आकर्षण बढाउन सकेमा त्यसले गण्डकीको पर्यटनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा ठूलासाना गरी धेरै हिमाल रहेका कारण यहाँ पर्वतारोहण पर्यटनको धेरै सभ्मावना रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । 

“यहाँका हिमाल तथा चुचुरालाई पर्यटन जोड्नका लागि पर्वतारोहण शिक्षा दिने शिक्षालय आवश्यक छ”, उनले भने, “सामान्य हिमाल आरोहणका लागि पनि पर्यटक पथप्रदर्शक काठमाडौँबाट ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आहरोणबारे सिकाउनका लागि शिक्षालय अपरिहार्य छ ।” आरोहणका लागि आवश्यक दक्ष जनशक्ति यही तयार भएमा गण्डकी प्रदेशमा यसतर्फको आकर्षण बढाउन सकिने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending