Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सिन्धुलीमा २७ अर्ब लगानीको मासु प्रशोधन कारखाना, मङ्सिरदेखि निर्माण सुरु

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा भैँसीको मासु प्रशोधन कारखाना मङ्सिर अन्तिम सातादेखि निर्माण सुरु हुने भएको छ। चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यसहित हिमालयन फुड इन्टरनेसनल प्रालिले डिजाइन सकाएर निर्माण चरणमा प्रवेश गरेको जानकारी दिएको छ।

२७ अर्ब ६४ करोड लगानी

कम्पनीका अनुसार परियोजनाको कुल लागत २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रूपैयाँ रहनेछ। 

लगानी संरचना 

२० अर्ब — कारखाना निर्माण तथा प्लान्ट स्थापना र ७ अर्ब — पशुपालन तथा कामदार आवास र  घाँस खेती रहेकाे छ ।   

कुल लगानीमध्ये २० अर्ब रूपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रूपमा भित्र्याइनेछ भने उद्योग विभागले यसअघि साउनमै उक्त लगानीका लागि अनुमति दिएको थियो।

फ्याक्ट्री निर्माणका तयारी तीव्र

हिमालयन फुडका अध्यक्ष डा. नवीन शर्माका अनुसार आवश्यक जग्गा डिजाइन र तयारी पूरा भइसकेको छ।  “मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माण सुरु गर्छौं,” उनले भने।

अहिलेसम्म ५० करोड रूपैयाँ विदेशी लगानी भित्रिसकेको र बाँकी लगानी चरणबद्ध रूपमा आउने कम्पनीले जनाएको छ। 

५५ बिघामा आधुनिक प्रसोधन केन्द्र निर्माण पछि ५,१५६ जनाले रोजगारी पाउनेछन्।  उद्योग विभागलाई बुझाइएको विवरणअनुसार सञ्चालनपछि  दैनिक ५,००० राँगा/भैँसी प्रशोधन हुने छ भने कारखानाले दैनिक ५ सय मेट्रिक टन मासु निर्यात क्षमता राख्ने छ । 

वार्षिक २ लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट उत्पादन हुने र ५५ हर मेट्रिक टन सह–उत्पादन हुने बताइएकाे छ ।  सिन्धुलीमा प्रशोधित मासु काठमाडौँ हुँदै केरुङ नाका मार्फत चीन पठाइनेछ।

किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनतर्फ आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको कम्पनीले जनाएको छ।  यस्तै बर्दियाको गुलरियामा घाँस (फोडर) उत्पादन सुरु भइसकेको छ।

८ महिनामा निर्माण सक्ने योजना

कम्पनीका अनुसार फ्याक्ट्री निर्माण दुई सिफ्टमा गरी ८ महिनाभित्र सम्पन्न गरिनेछ। असोजमा ढुङ्गा–गिट्टी तथा बालुवा निकाल्न नपाएकाले केही ढिलाइ भएको तर एक वर्षभित्र निर्यात सुरु गर्ने लक्ष्य रहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending