Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सिन्धुलीमा २७ अर्ब लगानीको मासु प्रशोधन कारखाना, मङ्सिरदेखि निर्माण सुरु

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा भैँसीको मासु प्रशोधन कारखाना मङ्सिर अन्तिम सातादेखि निर्माण सुरु हुने भएको छ। चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यसहित हिमालयन फुड इन्टरनेसनल प्रालिले डिजाइन सकाएर निर्माण चरणमा प्रवेश गरेको जानकारी दिएको छ।

२७ अर्ब ६४ करोड लगानी

कम्पनीका अनुसार परियोजनाको कुल लागत २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रूपैयाँ रहनेछ। 

लगानी संरचना 

२० अर्ब — कारखाना निर्माण तथा प्लान्ट स्थापना र ७ अर्ब — पशुपालन तथा कामदार आवास र  घाँस खेती रहेकाे छ ।   

कुल लगानीमध्ये २० अर्ब रूपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रूपमा भित्र्याइनेछ भने उद्योग विभागले यसअघि साउनमै उक्त लगानीका लागि अनुमति दिएको थियो।

फ्याक्ट्री निर्माणका तयारी तीव्र

हिमालयन फुडका अध्यक्ष डा. नवीन शर्माका अनुसार आवश्यक जग्गा डिजाइन र तयारी पूरा भइसकेको छ।  “मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माण सुरु गर्छौं,” उनले भने।

अहिलेसम्म ५० करोड रूपैयाँ विदेशी लगानी भित्रिसकेको र बाँकी लगानी चरणबद्ध रूपमा आउने कम्पनीले जनाएको छ। 

५५ बिघामा आधुनिक प्रसोधन केन्द्र निर्माण पछि ५,१५६ जनाले रोजगारी पाउनेछन्।  उद्योग विभागलाई बुझाइएको विवरणअनुसार सञ्चालनपछि  दैनिक ५,००० राँगा/भैँसी प्रशोधन हुने छ भने कारखानाले दैनिक ५ सय मेट्रिक टन मासु निर्यात क्षमता राख्ने छ । 

वार्षिक २ लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट उत्पादन हुने र ५५ हर मेट्रिक टन सह–उत्पादन हुने बताइएकाे छ ।  सिन्धुलीमा प्रशोधित मासु काठमाडौँ हुँदै केरुङ नाका मार्फत चीन पठाइनेछ।

किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनतर्फ आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको कम्पनीले जनाएको छ।  यस्तै बर्दियाको गुलरियामा घाँस (फोडर) उत्पादन सुरु भइसकेको छ।

८ महिनामा निर्माण सक्ने योजना

कम्पनीका अनुसार फ्याक्ट्री निर्माण दुई सिफ्टमा गरी ८ महिनाभित्र सम्पन्न गरिनेछ। असोजमा ढुङ्गा–गिट्टी तथा बालुवा निकाल्न नपाएकाले केही ढिलाइ भएको तर एक वर्षभित्र निर्यात सुरु गर्ने लक्ष्य रहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE