Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार

पाँच स्थानीय तहबाट ६२ करोडभन्दा बढीको आलु उत्पादन

खबरडबली संवाददाता

मुस्ताङ । उच्च हिमाली भूगोल र चिसो हावापानीका कारण कृषि उत्पादनमा विशिष्ट मानिँदै आएको मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/८३ मा आलु उत्पादन उल्लेखनीय रूपमा बढेको छ। जिल्लाका पाँच स्थानीय तहमा गरी ४७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भई करिब ६२ करोड ८२ लाख ३५ हजार ४०० रुपैयाँ बराबरको मूल्यांकन गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष आलुको उत्पादकत्व र खेतीयोग्य क्षेत्र दुवै बढेकाले ११ करोड ८४ लाख ७५ हजार ४०० रुपैयाँ बराबरको उत्पादन वृद्धि भएको हो। यो वर्ष प्रतिहेक्टर औसत २०.२२ मेट्रिक टन आलु उत्पादन भएको छ, भने खेती क्षेत्र गत वर्षभन्दा १८ हेक्टर थपिएको छ।

उत्पादन वृद्धि र मूल्य

गत वर्ष जिल्लामा ४६० हेक्टर क्षेत्रफलमा ८ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष उत्पादन १ हजार १६९ मेट्रिक टन बढेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

फार्मगेट मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम गरिएकाले यसै आधारमा कुल उत्पादनको रकम मूल्यांकन गरिएको प्रमुख गुरुङले जानकारी दिए। गत वर्ष प्रतिकेजी ६० रुपैयाँमा बिक्री भएको आलु यो वर्ष ५ रुपैयाँले बढेर ६५ रुपैयाँमा बिक्री भएको हो।

क्रप–कटिङ विधिबाट उत्पादन मापन

कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको समन्वयमा, स्थानीय तहका कृषि प्राविधिकको सहभागितामा क्रप–कटिङ विधि अपनाई उत्पादन तथ्याङ्क संकलन गरिएको हो।
माथिल्लो, मध्यम र तल्लो मुस्ताङ गरी तीन क्षेत्रमा विभाजन गरी धेरै, मध्यम र कम फल्ने क्षेत्रका किसानका खेतमा गएर औसत उत्पादन मापन गरिएको बताइएको छ।

उपभोग र बजार वितरण

यस वर्ष उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर निर्यात, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउका लागि प्रयोग भएको केन्द्रले जनाएको छ।

घरायसी उपभोगसँगै होटल तथा रेष्टुराँमा समेत एक तिहाइ आलु खपत हुने गरेको छ। स्याउबालीसहित अन्तरबालीका रूपमा पनि आलु खेती गर्ने चलन बढ्दो छ।

मुस्ताङी आलुको स्वाद र माग निरन्तर बढ्दै

हिमाली चिसो भूपरिस्थितिमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो मानिन्छ। यहाँको स्थानीय सेतो आलु बजार तथा पर्यटक दुवैमाझ लोकप्रिय छ।

थकाली भान्सा, स्थानीय होटलदेखि देशका ठूला तारे होटलसम्म मुस्ताङी आलुको प्रयोग बढ्दो छ। कोरला सडक विस्तार र यातायात सहज बन्दै गएपछि मुस्ताङी स्याउसँगै आलुको माग पनि तीव्र रूपमा बढिरहेको जोमसोम–४ घरपझोङका किसान अजित थकाली बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending