मुस्ताङ । उच्च हिमाली भूगोल र चिसो हावापानीका कारण कृषि उत्पादनमा विशिष्ट मानिँदै आएको मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/८३ मा आलु उत्पादन उल्लेखनीय रूपमा बढेको छ। जिल्लाका पाँच स्थानीय तहमा गरी ४७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भई करिब ६२ करोड ८२ लाख ३५ हजार ४०० रुपैयाँ बराबरको मूल्यांकन गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष आलुको उत्पादकत्व र खेतीयोग्य क्षेत्र दुवै बढेकाले ११ करोड ८४ लाख ७५ हजार ४०० रुपैयाँ बराबरको उत्पादन वृद्धि भएको हो। यो वर्ष प्रतिहेक्टर औसत २०.२२ मेट्रिक टन आलु उत्पादन भएको छ, भने खेती क्षेत्र गत वर्षभन्दा १८ हेक्टर थपिएको छ।
उत्पादन वृद्धि र मूल्य
गत वर्ष जिल्लामा ४६० हेक्टर क्षेत्रफलमा ८ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष उत्पादन १ हजार १६९ मेट्रिक टन बढेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
फार्मगेट मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम गरिएकाले यसै आधारमा कुल उत्पादनको रकम मूल्यांकन गरिएको प्रमुख गुरुङले जानकारी दिए। गत वर्ष प्रतिकेजी ६० रुपैयाँमा बिक्री भएको आलु यो वर्ष ५ रुपैयाँले बढेर ६५ रुपैयाँमा बिक्री भएको हो।
क्रप–कटिङ विधिबाट उत्पादन मापन
कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको समन्वयमा, स्थानीय तहका कृषि प्राविधिकको सहभागितामा क्रप–कटिङ विधि अपनाई उत्पादन तथ्याङ्क संकलन गरिएको हो।
माथिल्लो, मध्यम र तल्लो मुस्ताङ गरी तीन क्षेत्रमा विभाजन गरी धेरै, मध्यम र कम फल्ने क्षेत्रका किसानका खेतमा गएर औसत उत्पादन मापन गरिएको बताइएको छ।
उपभोग र बजार वितरण
यस वर्ष उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर निर्यात, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउका लागि प्रयोग भएको केन्द्रले जनाएको छ।
घरायसी उपभोगसँगै होटल तथा रेष्टुराँमा समेत एक तिहाइ आलु खपत हुने गरेको छ। स्याउबालीसहित अन्तरबालीका रूपमा पनि आलु खेती गर्ने चलन बढ्दो छ।
मुस्ताङी आलुको स्वाद र माग निरन्तर बढ्दै
हिमाली चिसो भूपरिस्थितिमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो मानिन्छ। यहाँको स्थानीय सेतो आलु बजार तथा पर्यटक दुवैमाझ लोकप्रिय छ।
थकाली भान्सा, स्थानीय होटलदेखि देशका ठूला तारे होटलसम्म मुस्ताङी आलुको प्रयोग बढ्दो छ। कोरला सडक विस्तार र यातायात सहज बन्दै गएपछि मुस्ताङी स्याउसँगै आलुको माग पनि तीव्र रूपमा बढिरहेको जोमसोम–४ घरपझोङका किसान अजित थकाली बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: