काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको प्रभावकारी खेलका कारण साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो ।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अंक जोडेर जारी लिगमा अपराजित दोस्रो टोलीको रूपमा उभिएको छ । विराटनगर किङ्सले पनि लगातार तीन खेल जित्दै ६ अंक बनाएको छ । तीन खेलमा दोस्रो हार व्यहोरेको कर्णाली याक्सले भने २ अंकमा सीमित रह्यो ।
एक सय ४० रनको लक्ष्य पछ्याने क्रममा कर्णालीले २० ओभरमै सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन योगदान गरे । मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४ तथा गुलशन झा र अर्जुन घर्तीले समान १३–१३ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी सर्वाधिक सफल रहे । उनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मित सिंह र अविनाश बोहराले २–२ विकेट हात पारे भने हेमन्त धामी र स्कट कुगेलेइजनले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । कप्तान ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित ३९ रन बनाए । आरिफ शेखले २५ बलमा ३ चौकासहित २७ रन, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे ।
कर्णालीतर्फ बलिङमा कप्तान सोमपाल कामीले ३ विकेट लिए । नन्दन यादवले २ तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १७:२५
काठमाडाैं । रुकुम पश्चिममा हालै देखिएको राजनीतिक असन्तुष्टि र प्रदर्शनले पूर्वमाओवादी नेता जनार्दन शर्माप्रति स्थानीय स्तरमा कत्तिको असन्तोष संचित भएक...
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...




प्रतिकृया लेख्नुहोस्: