Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पार्टीमा राजिनामा ठोकेर भकुण्डेमा ‘कालो धान’ फलाइरहेका लोकेन्द्र विष्ट

\"lokendra_dhan_khetiकाठमाडौं । केही समयअघि पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका एमाओवादी नेता तथा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर कहाँ छन् ? उनी के गर्दैछन् ? आम मानिसमा यस्तो जिज्ञासा हुनु स्वाभाविक हो । करिब पूरै जीवन राजनीतिमै बिताएका विष्ट हक्की स्वभावका थिए । पछिल्ला केही वर्षयता एमाओवादीमा देखिएको अस्तव्यस्ततासँग असहमति जनाए । र, अचेल विष्ट राजनीतिक दिनचर्यामा छैनन् । विष्टलाई आजकाल काभ्रेको भकुण्डेबेसीमा हाफ्पाइन्ट लगाएर खेतमा पानी हालिरहेको कसैले भेटे नझुक्किए हुन्छ । उनी तिनै पूर्वमन्त्री विष्ट हुन् । रोशी या सुनकोशीमा जाल हान्दै गरेका विष्टजस्तै कोही देखिए नि नझुक्किनुस् । उनी उनै विष्ट हुन् । आजभोलि विष्ट किसान भएका छन् । रुकुम स्थायी घर भएका विष्ट काठमाडौंस्थित काँडाघारीमा परिवारलाई राखेर काभ्रेको भुकण्डेबेसीमा कालो धान फलाएका छन् । सिन्धुली–काठमाडौं सडक खण्डको भकुण्डेबेसी बजार सकिनासाथ बायाँ मोडिने कच्ची सडक छ । त्यो सडक समातेर करिब सय मिटर काटे एउटा ठुलो भकुण्डे पोल्ट्रीफर्म नामक कुखुरा फर्मका लागि बनाइएको दुईतले टहरो भेटिन्छ । एमाओवादीका स्थानीय कार्यकर्ता धर्मसिंह लामाको फर्म केही समययता संचालनमा छैन । गएको भुकम्पले टहरोको दुबै चौडाइका भित्ता भत्काइपछि कुखुरा छैनन् । लामाले टहरो मर्मत गर्दैछन् । सोही फर्ममा कामदारका लागि बनाइएको सानो एककोठे अर्को टहरो छ । विष्ट त्यो टहरोमा भेटिन्छन् । प्रायः विष्टको साथमा भेटिने लामाकै सहयोगमा विष्टले आसपासका सात ठाउँमा गरी ५३ रोपनी खेत स्थानीयसँग भाडामा लिएका छन् । त्यसमध्ये ४३ रोपनी खेतमा कालो धान (G60 Black rice) लगाएका छन् । हामीलाई साथमा लिएर गएका विष्टले हिँड्ने बेलामा हिसाब निकालेः ‘८० देखि ८५ मुरी फल्छ होला ।’ त्यसपछि भने, ‘अनुभव भएन ।’ पानीको समस्या छ । अलि तलको सानो खोलाबाट तीनवटा मेसिन लगाएर केही खेतमा पानी लगाएका छन् । ९ रोपनीमा उनले कालो भटमास लगाएका छन् । अलि माथि तीन रोपनीमा भने खुमलचार धान । बिउ निकाल्दैछन्– इण्डोनिसियन बोडीको । थोरै । बिउको लागि मात्र लगाएका । उक्त बोडीको लम्बाई ६०–८० सेन्टीमिटर हुने उनले जानकारी दिए । स्विट कर्न मकैको १७ गेडा ल्याएर रोपेका रे । १२ बोट मात्रै उम्रिएछ । सुनाए– यो पनि बिउलाई हो । \"lokendra_dhan_kheti \"lokendra_dhan_khetiउनका दिनचर्या आजकाल भकुण्डेमै बित्छ । उनले भने– अरुले खेत रोप्दा म बिउको व्याड राख्दैथिएँ । मानिसहरुले अचम्म माने । अरुका खेतमा धान लहलह झुल्दा उनको कालो धान बुथुरे थियो । कालो धानबारे थाहा नपाएका ती किसानले विष्टको खेत हेर्दै गिज्याए । विष्ट कुनै खेतको आलीमा बसेर सुने । घामले डढेका विष्टका खुट्टाका औंला पहेला थिए । उनले भने– हिलोले खायो । हिलो औषधी तेल बेसार लगाएको हुँ । फुर्सदमा जाल खेल्न दाप्चाखोला, रोशी र सुनकोशी पुग्छन् । सानो, मध्यम र ठुलो गरी तीनवटा जाल छन्, उनीसित । उनका बा खुबै जाल खेल्थे । उनी आफ्ना बासँगै जान्थे । सम्झन्छन् –सानो थिएँ, बाले एकदिन सोधे– म मरे भने यो जाल के गर्छस् ? बाले भनेछन्, ‘जाल खेल्न सिक् ।’ जनयुद्धकालमा पनि उनी जाल खेल्थे । माछा मारेर छापामारलाई खुवाउँथे । लामाले बीचमै सुनाए– दाइ कहिलेकाहीँ त रित्तै आउनुहुन्छ । विष्टले दुखेसो गरे– करेन्ट लाउने र विषादी हाल्नेले माछा मासे । उनले यसपालिको एक सिजनलाई मात्रै खेत भाडामा लिएका छन् । प्रति रोपनी ८ हजारका दरले भाडा तिर्नुपर्छ । कालो धानको नाम भकुण्डेका किसानले सुनेका त थिए तर देखेका थिएनन् । के हो कालो धान धानको एक प्रजाति हो, कालो धान । समुन्द्री सतहबाट एक हजारदेखि बाईस सय मिटरको उचाईमा फल्ने यसलाई (G60 Black rice) भनिन्छ । चीनबाट आयातीत यो धानको व्यावसायिक खेती नेपालमा छैन । यो धान नेपाल भित्रिएको पाँच वर्ष भयो भने बिउ पाइन थालेको तीन वर्ष । केही किसानले परीक्षणको रुपमा मात्रै खेती गरेका छन् । सबैभन्दा ठुलो परिमाणमा खेती गर्ने विष्ट नै हुन् । यो धान कालो रंगको हुन्छ । धान कुटेर चामल बनाएपछि पनि यो कालै हुन्छ । २२ सय मिटरको उचाईमा गरिएको खेतीबाट भने यसको निक्खरता र प्राकृतिकपन (गाढा कालोपन) आउने विष्ट बताउँछन् । धान कुटेर चामल बनाएपछि यो चामलको मूल्य प्रति किलो  ३–५ सय रुपैयाँ पर्छ । काठमाडौंलगायतका धनी तथा मध्यम वर्गले यसको फाइदाबारे जानेका छन् । खान थालेका छन् । कालो धानको फाइदा यो धान (चामल) उच्च पोषणयुक्त हुन्छ । क्यान्सर, अल्जाइमर्स, प्रेसर, रक्तअल्पता लगायतका रोगीलाई यसले फाइदा गर्छ । मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्छ । चीनलगायत विकसित मुलुकमा यसको प्रयोग अनिवार्यजस्तो मानिन्छ । यो चामल (प्रति व्यक्ति) एक छाकमा १५ ग्रामभन्दा बढी खान हुँदैन । बढी खाए अपच हुन सक्छ ।  खाना पकाउँदा अन्य चामलसँग माथि उल्लेखित मात्रामा मिसाएर खाना पकाउनु पर्छ । तर यो चामल करिब १२ घण्टा भिजाएपछि मात्र अर्को जातको चामलसँग मिसाउँदा सँगै पाक्छ । यो चामलको मिसावटले पुरै भातको रंग कलेजीे हुन्छ । कालो धानको ठुला उत्पादक विष्ट यसको व्यावसायिक खेती नभए पनि मागचाहिँ बढेको छ । विष्ट यसको व्यावसायिक खेती गर्ने ठुला उत्पादक किसान हुन् । उनले ३२ केजी बिउलाई ३२ हजार रुपैयाँमा किनेका थिए । उनी यसपालि बिउ उत्पादन गर्न चाहन्छन् । उनले भने –किसानलाई फाइदाजनक र गुणस्तरीय खेतीमा आर्कषित गर्नु मेरो काम हो । त्यसैले सकेसम्म सबै खेतबाट बिउ छान्न कोसिस गर्छु र किसानकहाँ पु¥याउँछु । कालो धान खेतीमा पुगेका विष्टको रोचक कथा राजिनामा दिएका विष्ट कृषिमा केही गर्नुपर्छ भन्ने सोचेर दाङ पुगे । केही ठाउँमा खेत हेरे । नयाँ र गुणस्तरीय खेती गर्ने सोचेका विष्ट झण्डै पाँच महिना दाङमा बसेर । जमिन र उत्पादनको अध्ययन गरे । त्यसबीचमा रुकुमका सरुण बाँठा मगरसँग उनको भेट भयो । उनै सरुणले करिब १३ कट्ठा खेतमा कालो धान लगाएका रहेछन् । उनैले सुनाए कालो धानको फाइदा । केही नयाँ गर्ने प्रतिवद्धताका जब्बर विष्टले तत्कालै बिउ मगाए र काठमाडौं फर्के । बिउ मगाएका विष्टसँग जमिन थिएन । युद्धकालमा काम गर्दा जमिन देखेको आधारमा एक्लै लोकल बस चढेर भकुण्डे पुगे, जमिन खोज्न । उनको उद्देश्य जमिन हेर्ने मात्रै थियो । पानी र जमिन हेर्दाहेर्दै साँझ परेको विष्टले पत्तै पाएनन् । काठमाडौं फर्कने गाडी नपाएपछि स्थानीय एमाओवादीलाई फोन गरे । आफू भकुण्डेचोकमा अलपत्र परेको सुनाए । तिनै साथीले भकुण्डेका धर्मसिंह लामालाई विष्ट भएको ठाउँमा लिन पठाए । त्यस रात उनै लामाको घरमा बास बसे । विष्टले आफू जमिन भाडामा खोज्न आएको बताए । लामाले प्रयास गर्छु भने । विष्ट विहानै चार बजे उठेर काठमाडौंको नयाँ बसपार्क हानिए । कारण थियो, दाङबाट धानको बिउ नयाँ बसपार्क आइसकेको थियो । धानको बिउ बोकेर पुनः उनी भकुण्डे फर्किए । लामासित जमिन भाडामा खोज्न निस्के । अन्ततः सहयोगी लामाको साथमा कालो धान फलाए । धर्मसिंह पनि विष्टजस्तै काभ्रे भकुण्डेका स्थानीय धर्मसिंहको पुरानो घर खनालथोक ७ मा पर्छ । उनले स्थानीय किसानलाई उत्प्रेरित गर्न उन्नत खेती तथा पोल्ट्री र बाख्रा पालेका छन् । उनी खोरमा भएको विटल क्रस जमुनापारी बोका ब्रिडिङ गर्ने योजनामा छन् । जसबाट नश्ल सुधार हुन्छ र उन्नत जातको बाख्रा उत्पादन हुन्छन् । \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti  \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti  \"lokendra_dhan_kheti
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending