काठमाडौं । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्राको आयोजना गरेको छ ।
इस्कोन चावहिल शाखाले प्रत्येक वर्षको मङ्सिर महिनाको शनिबार पारेर राजधानीमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा निकाल्न सुरु गरिएको हो । इस्कोन चावहिल शाखाका सचिव जीवदया गौराङ्गदासले राससलाई जानकारी दिए । जगन्नाथ रथयात्रा चावहिलबाट चुच्चेपाटी, टुसाल, बौद्ध, पीपलबोट, जोरपाटी हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको थियो ।
समापनपछि नारायणटारमा प्रसाद पनि वितरण गरियो । यात्राका क्रममा विभिन्न स्थानमा भगवान् श्रीकृष्ण, बलराम र बहिनी सुभद्रालाई ५६ भोग पनि लगाइयो । आषाढ शुक्ल द्वितीयाका दिन भारतको जगन्नाथपुरीमा रथयात्रा गरिने दिन इस्कोन केन्द्रीय कार्यालयको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सहरका विभिन्न भाग परिक्रमा गराउँदै टुँडिखेलसम्म रथयात्रा गरिन्छ । यो दिन नेपालसहित १६५ देशमा पनि यो यात्रा गर्ने परम्परा रहिआएको सचिव गौराङ्गदासले बताए ।
आषाढ शुक्ल द्वितीयाको दुई हप्तापछि भक्तपुरमा पनि जगन्नाथ रथयात्रा गर्ने गरिन्छ । जगन्नाथ रथयात्राका बारेमा महाभारतलगायत विभिन्न पुराण र धर्मशास्त्रका ग्रन्थमा पनि उल्लेख गरिएको छ । यो रथयात्रामा कृष्ण, बलराम र सुभद्रालाई राखेर घुमाउने गरिन्छ । यस रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: