Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

स्टेडियम बनाएको दाबी ठोक्नेले जेन-जीको रगत किन देखेन ?

विकास’को श्रेय लिने गोलीको जिम्मा नलिने

खबरडबली संवाददाता

काठमाडाैं । हालैको राजनीतिक बहसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विकास परियोजनामा आफ्नो नेतृत्व र पहलको श्रेय लिने विषय पुनः चर्चामा आएको छ। कीर्तिपुर क्रिकेट स्टेडियमदेखि फ्लडलाइट, धरहरा पुननिर्माण, सुरुङमार्ग वा झापाको भ्यू–टावरजस्ता परियोजनाहरूमा उनी स्वयंले प्रत्यक्ष रूपमा ‘ढुङ्गा बोकेको’ होइन, तर नीतिगत निर्णयकर्ता र कार्यान्वयनकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

यहीबीच, भदौ २३ मा जेनरेशन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले व्यापक बहस आकर्षित गरेको छ। सुरक्षाकर्मीले प्रयोग गरेको गोली, त्यसका आदेश, परिस्थितिको मूल्यांकन र राजनीतिक नेतृत्वको भूमिकाबारे प्रश्नहरू उठाइएका छन्। लोकतान्त्रिक व्यवस्थामा राज्यद्वारा प्राणघातक बल प्रयोग हुँदा कार्यकारी प्रमुख राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने सिद्धान्त सामान्य रूपमा मानिन्छ।

यही कारणले आलोचकहरूले भन्छन्वि कासका कामहरूको श्रेय राजनीतिक नेताले लिन सक्छन् भने, राज्यशक्तिद्वारा भएको हिंसाको जिम्मेवारीबाट पन्छिनु मिल्दैन। घटनाको निष्पक्ष छानबिन, आदेश–सङ्केतको शृङ्खला, जिम्मेवार तह र राजनीतिक नेतृत्वको उत्तरदायित्व स्पष्ट गरिनु आवश्यक छ भन्ने माग निरन्तर उठिरहेकामा कुनै शङ्का छैन।

‘ओलीले बनाएको’ भन्ने सूचि अब अनन्त हुँदै गएको छ । कीर्तिपुर क्रिकेट स्टेडियमदेखिँदै फ्लडलाइट, धरहरा, सुरुङमार्ग, झापाको भ्यू टावर…। यस्तो सुनिन्छ, मानौँ देशका हरेक इँटा, बालुवा, ढुङ्गा उनी आफैले काँधमा बोकेर थुपारेका हुन्।

तर प्रश्न सरल छ भदौ २३ का ती टुटेका कपाल, फुटेका छाती र रोइबसी बसेका आमा–बुबाको पीडा पनि उनी नै बोकेर हिँडेका थिए कि होइन र ?

विकासका सबै श्रेय आफूले लिन्छु भन्नेले, गोली चलेको दिनको जिम्मेवारी किन अरूको काँधमा बोकाउने? यति सोध्दा "म बन्दुक बोकेर हिँडेको थिएँ र?" भनेर पन्छिन पाइन्छ भने
त्यही तर्क उल्टाएर सोध्न मन लाग्छ, “ओलीले काँधमा ढुङ्गा बोकेर स्टेडियम बनाएको हो र ?”

देशका युवा—जेन जी—सडकमा ओर्लिनुको कारण उनीहरूको ‘मस्ती’ थिएन, यो त असमानता, बेरोजगारी र ठेकेदार–राजनीतिको थिचोमिचोमा च्यापिएका पुस्ताको अन्तिम चिच्याहट थियो। तर त्यो चिच्याहटलाई राज्यले गोलाबारीले जवाफ दियो। टाउकामा, छातीमा, करेन्ट जस्तै डरमा हानियो।

पहिलो दृष्टिमा दोष कसको ? आदेश दिनेहरूको। राज्य शक्ति प्रयोग गर्नेहरूको।  र राज्यशक्तिको शीर्षमा को थियो ? त्यही व्यक्तिको, जसले अहिले पनि प्रत्येक संरचना प्रत्येक प्रोजेक्ट ‘मैले बनाएँ’ भनेर उद्घोष गर्दै हिँडेका छन्।

देशमा केही बनेकाे श्रेय लिन चाहने नेतृत्व, देशका छोराछोरी रोइरहँदा ‘म जिम्मेवार हुँ’ भन्नबाट किन डराउँछ? नेतृत्वको अर्थ केवल चस्मा लगाएर उद्घाटन कति काटियो भन्ने होइन, चोट परेका छातीहरूको हिसाब किताब लिन सक्ने साहस पनि हो।

भदौ २३ र २४ का दिन— बच्चाहरूको रगत सडकमा बगेका थिए। शासनको चरित्र त्यही रगतमा नरेखिएको पनि राम्रै संग देखिएको थियो। कुरा वास्तवमै यति मात्रै हो । श्रेय लिन चाहने नेतृत्वले जिम्मेवारी पनि लिनैपर्छ। नत्र त्यो नेतृत्व होइन, प्रचार मात्र हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: