पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् ।
कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन् । आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेर सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर भित्र्याए पनि भन्सार जाँचपासको प्रक्रिया अघि नबढाउँदा ती मालवस्तुसहितका कन्टेनर अहिले पनि बन्दरगाहमा थुप्रिरहेका छन्।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले २०७६ सालमा आयात गरिएका मालवाहक कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र हुँदै आइरहेको जानकारी दिए। “त्यो बेला २२० कन्टेनर आएका थिए, जसमध्ये तीनवटा कन्टेनरको आवश्यक कानुनी प्रक्रिया पूरा गरी फिर्ता भइसकेका छन्”, उहाँले भन्नुभयो, “तीमध्ये थप १४ कन्टेनर खाली भएर कानुनी प्रक्रिया पूरा हुने चरणमा पुगेको छभने बाँकी रहेका कन्टेनर कसरी व्यवस्थापन गर्ने विषयमा आवश्यक परामर्श गरिरहेका छौँ ।”
ज्ञवालीले ती मालवाहक कन्टेनर ल्याउने व्यक्ति वा आयातकर्ताको पहिचान गर्न नसक्दा पनि सुक्खा बन्दरगाहमा अलपत्र हुँदै आइरहेको बताए। “अहिले पनि १८५ मालवाहक कन्टेनर मुचुल्का उठाएर सिलबन्दी गरेर राखेका छौँ”, उहाँले भन्नुभयो, “यो कन्टेनर खाली गरेर व्यवस्थापन गर्नका लामो कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकाले पनि धेरै समय लागिरहेको छ ।”
सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, नौ वटामा सुपारी, सात वटामा फुड सप्लिमेन्ट (आहार पूरक) र दुई कन्टेनरमा मसुरो दाल रहेको छ । भन्सार कार्यालयका अनुसार सिलबन्दी कन्टेनरमध्ये केहीमा चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रेलगायत राखिएका कन्टेनर पनि रहेका छन् ।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले सुक्खा बन्दरगाहमा रहेका नष्ट गर्नुपर्ने मालवाहक कन्टेनरको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायसँग समन्वय भइरहेको पनि बताए । “विगतमा कन्टेनरको मालवस्तु हेरेर ल्याब ‘टेष्ट’ गर्नका लागि पठाइएको थिया”, उहाँले भन्नुभयो, “छ वर्षअघि ल्याब टेष्ट गर्दा राम्रो देखिएको वस्तु तथा सामान अहिले बिग्रिएको पनि हुन सक्छन्, त्यसैले पनि नष्ट गर्नुपर्ने सामानको विषयमा फेरि ल्याब टेष्ट गर्नुपर्ने वा नपर्ने विषयमा पनि आवश्यक समन्वय भइरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: