इनरुवा। सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौं सयदेखि १२ सयको संख्यामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यका लागि आउने गरेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिए।
उनका अनुसार गत असोज १० देखि कार्तिक ३० गतेसम्मका लागि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएले पच्छिलो समय फोटो खिचाउन आउनेहरुको भिड अत्याधिक बढेको छ । सुरुमा कमै सेवाग्राही आउने गरेकोमा एउटा काउण्टरबाट फोटो खिच्दै आएकोमा अहिले पाँच वटा काउण्टरबाट फोटो खिच्ने काम भईरहेको कार्यालयले जनाएको छ ।
सरकारले अगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको र त्यसका लागि नयाँ मतदाता नामावली दर्ताको कार्य सुरु गरेकाले नयाँ युवा र छुट भएका तथा विदेशबाट फर्किएकाहरुले धमाधम फोटो खिचाउन आएकाले भिड बढेको हो । नयाँ दर्ता एवं अद्यावधिक कार्य दैनिक अहिले ९२० देखी एक हजार २३० जनासम्म आउने गरेको र विहीबारसम्ममा सात हजार ५३ जना मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ती मतदाता थपिएका आचार्यले जानकारी दिए।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत अन्तिम चरणमा पुगेको आचार्यले जनाकारी दिए। उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उनले बताए। कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिए।
वि।सं २०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका मतदाता पाँच लाख ५५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताए। सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढ्दै गएको समेत कार्यालयले जनाएको छ ।
बिहीबार मात्र एक हजार २३० जनाले नाम दर्ता गराएका छन । विगतका निर्वाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाता यस पटक आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको पाइएको छ । मतदाता नामावलीमा नाम लेखाउन आवश्यक प्रचारप्रसार पनि कार्यालयले गरिरहेको छ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान स्थल १६६ वटा र मतदान केन्द्र ५९१ वटा निर्धारण गरेको थियो । यही संख्यामा अगामि निर्वाचनमा मतदान स्थल र मतादन केन्द रहने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: