Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

झनै विवादित बन्दै मधेश प्रदेशसभा: पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर

खबरडबली संवाददाता

 

जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्।

बिहीबार सभामुख रामचन्द्र मण्डलेले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेको थिए।

उता उपसभामुख ईशरद्वारा विज्ञप्तिमा सभामुखले गरेको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । साथै कारबाहीमा परेका पाँच सांसद कात्तिक २२  गतेको बैठकमा उपस्थित रहेको प्रष्ट पारेको छिन् ।

उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा ‘‘मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफुमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम ३ बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो ।’’ भनिएको छ ।

पत्रमा मधेश प्रदेशसभाको पछिल्लो पटक मिति २०८२/७/२२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण प्रदेशसभा सदस्य उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकाले सो पद रिक्तसम्बन्धी सूचना बदर गरिएको उल्लेख गरिएको छ ।

यस अधि मधेश प्रदेशसभा सचिवालयले पद रिक्तको जानकारी सम्बन्धमा सूचना जारी गरी मधेश प्रदेशको पाँच जना प्रदेशसभा सदस्यका पदमुक्त भएको सूचना जारी गरेको थियो । उक्त सूचनामा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह, जसपा नेपालका सप्तरीका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य सन्जय कुमार यादव, पर्साका प्रदेशसभा सदस्य सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार पद मुक्त भएको सूचना जारी गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending