काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्बन्धी जारी विवादमा सहमति खोज्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसाउँदैछ। २१ फागुनमा तय भएको निर्वाचनलाई ध्यानमा राख्दै महाधिवेशनको तालिका टुंग्याउने वा नटुंग्याउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
ललितपुरको धोबीघाटस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ। एक पदाधिकारीका अनुसार चुनावअघि महाधिवेशन गर्ने विषयमा नेतृत्व तहमा मतभेद देखिएकोले सहमतिको सम्भावना खोज्ने प्रयासमा बैठक बुलाइएको हो।
२८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारामा विभाजित छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट समूह चुनावअघि नै महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ। बिहीबारको बैठकमा थापाले २७ मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए भने शर्मा पनि नियमित महाधिवेशन हुन नसके पुसभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने पक्षमा उभिएका छन्।
यता, सभापति शेरबहादुर देउवा पक्ष भने चुनावपछि मात्र महाधिवेशन गर्नुपर्नेमा झुकाव देखिन्छ। तर संस्थापन पक्षभित्रै पनि मतभेद पैदा भइसकेको छ, जहाँ दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: