काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नौ सदस्यीय सचिवालयमध्ये पाँच जना नेता हालै बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन् ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाले नौ सदस्यीय सचिवालय गठन गरेको थियो । पार्टीका महत्त्वपूर्ण निर्णयहरू यही सचिवालयमार्फत् लिइन्थे । त्यही सचिवालयका बहुमत सदस्य अहिले नवगठित नेकपामा भेला भएका छन् ।
त्यस सचिवालयमा एमालेतर्फबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए । माओवादी केन्द्रतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य थिए ।
तर, नेकपाभित्र विवाद बढ्दै गएपछि सर्वोच्च अदालतले २०७७ फागुनमा उक्त पार्टीको वैधानिकता अस्वीकार गर्दै एकतालाई अमान्य ठहर गरेको थियो । त्यसपछि एमाले र माओवादी पुनः आ–आफ्नै पहिचानमा फर्किएका थिए ।
पछिल्लो चरणमा एमाले विभाजन भई माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । सो पार्टीमा झलनाथ खनाल पनि सहभागी भए । वामदेव गौतमले नेकपा एकता अभियान नामक नयाँ समूह बनाएका थिए । त्यसबेला ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एमालेमै रहे भने माओवादीका प्रचण्ड र नारायणकाजी माओवादीमै फर्किए । पूर्व माओवादी नेता रामबहादुर थापा भने एमालेतिर लागेका थिए । अहिले पनि उतै छन् ।
तर हाल कात्तिक १९ गते एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र अन्य वाम शक्तिहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेपछि तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयका पाँच जना—माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ—एकै पार्टीमा भेटिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी गठन हुनुअघि गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । गत बुधवार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले भने, “एमाले र माओवादीबीचको एकीकरणबाट बनेको नेकपा हामीले स्थापना गरेका थियौँ । त्यतिबेलाका प्रमुख नेताहरू अहिले फेरि यही मञ्चमा उपस्थित हुनुहुन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: