चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्।
बुधवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने, तर गोली कसले चलायो भन्ने थाहा छैन भन्नु गलत हो।”
उनको भनाइमा, सरकारकै पालामा घटना भएको हुनाले त्यसको जिम्मेवारी सरकारले लिनैपर्छ र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ।
२३ र २४ गते दुवै दिनका घटना अक्षम्य
पाण्डेले पहिलो दिन (२३ गते) को घटना जत्तिकै २४ गतेको घटना पनि अक्षम्य भएको बताएका छन्। उनका अनुसार, “देशमा कानूनी शासन स्थापना गर्न दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु हुँदैन।”
उनले थपे, “एमाले सरकारमा भएको कारणले मात्र होइन, न्यायको प्रश्नका हिसाबले पनि छानबिन अनिवार्य छ।”
“छानबिन नगरे एमाले पनि त्रासमा बस्नुपर्ने हुन्छ” पाण्डेले भने, “एमाले सरकारमा हुँदा भएको घटना भएकाले छानबिन गरेर साँचो बाहिर ल्याउन सकेनौँ भने, माओवादीका कार्यकर्ताजस्तै हाम्रो पार्टीका नेताहरू पनि कहिले समातिन्छौं भन्ने डरमा बस्नुपर्ने हुन्छ।”
उनका अनुसार, जेन–जी आन्दोलन एमालेको “आफ्नै कमजोरी” को परिणाम थियो।
“पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु ठूलो कमजोरी हो,” उनले भने।
चुनाव गराउने क्षमता छैन अहिलेको सरकारले
अर्को प्रसङ्गमा पाण्डेले अहिलेको सरकारले आगामी निर्वाचन गराउने क्षमता र तयारी दुवै नगरेको टिप्पणी गरे। उनले भने, “फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै छैन।”
उनका अनुसार, दलहरू चुनावको पक्षमा भए पनि सरकारको उदासिनता र निष्क्रियताले देशलाई “अझ अन्यौलमा लैजान सक्ने” खतरा छ।
“एमालेको महाधिवेशनमा प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ”
एमालेको आगामी महाधिवेशनबारे कुरा गर्दै पाण्डेले नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने स्पष्ट पारे।
“हाम्रो आठौँ महाधिवेशनबाट प्रतिस्पर्धाको संस्कार सुरु भएको हो। प्रतिनिधिहरू बराबर छन्, कसैले प्रतिस्पर्धा रोक्न सक्दैन,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: