जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ ।
प्रदेश प्रमुख कार्यालयमा कांग्रेस, जसपा नेपाल, जनमत, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको हो ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले कांग्रेसहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताए ।
प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताए। “यो विषयलाई प्रदेश प्रमुखले अत्यन्त गम्भीरतापूर्वक र सकारात्मक रुपमा लिनुभएको छ । दलहरुको सहमतिका आधारमा संविधानको मर्म र भावनाअनुसार नै हामी निर्णयमा पुग्छौँ,” प्रदेश प्रमुखको जवाफ निवर्तमान मुख्यमन्त्री सोनलले सुनाए ।
मधेस प्रदेशसभामा हाल कांग्रेसका २२, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य छन् ।
मधेसमा गत असोज २९ मा ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता सोनल विश्वासको मत नपाउने देखेपछि सदनमै राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखले अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: