खोटाङ । खोटाङमा हालै थपिएका ९४८ नयाँ मतदातामध्ये करिब ९० प्रतिशत जेनजी उमेर समूहका युवा रहेका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्ता अभियानअन्तर्गत असोज १० गतेदेखि कात्तिक २० गतेसम्म खोटाङमा ९ सय ४८ जनाले नयाँ रूपमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा दैनिक २० जनाभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा हालसम्म ४ जनाले मात्र नाम दर्ता गराएका छन् ।
निर्वाचन आयोगले देशका जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगको अनलाइन प्रणालीमार्फत फारम भरेपछि सम्बन्धित कार्यालयमा गएर फोटो र बायोमेट्रिक विवरण दिएपछि दर्ता प्रक्रिया पूरा हुने व्यवस्था गरिएको छ ।
सरकारले फागुन २१ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै जेनजी मतदातालाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत रोकिएको मतदाता नामावली दर्ता प्रक्रिया पुनः सञ्चालनमा ल्याएको हो ।
कार्यालयका तथ्याङ्क अनुसार कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने मतदाताको संख्या खोटाङमा एक लाख ४४ हजार ४ सय २९ पुगेको छ । नयाँ मतदाता नाम दर्ता प्रक्रिया कात्तिक मसान्तसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: