Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विद्यालाई रोकेपछि एमाले महाधिवेशनमा ओलीलाई ईश्वर पोखरेलको चुनौती, कडा प्रतिस्पर्धाको संकेत

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको आगामी एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा चुनौती दिने भएका छन्। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा ओली निर्विकल्प अध्यक्ष बन्ने योजना बनाएपनि अब पोखरेल प्रतिस्पर्धामा उत्रने पक्का भएको छ।

पार्टी स्रोतका अनुसार पोखरेलको पक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको बताइन्छ। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू पोखरेलको पक्षमा उभिने तयारीमा छन्।

२०७८ सालमा भएको दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका थिए। हाल धेरै नेताहरूले पोखरेललाई अध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएका छन्। उनीहरूका अनुसार पोखरेल मदन भण्डारीको नजिकका, जनताको बहुदलीय जनवादका सशक्त पक्षधर नेतामध्ये एक भएकाले नेतृत्वका दाबेदार हुन्।

ओलीले तेस्रो कार्यकालका लागि पार्टी विधान संशोधन गरेर उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाइसकेका छन्। यही संशोधनले पोखरेललाई पनि प्रतिस्पर्धामा उत्रिने बाटो खोलिदिएको एमाले नेताहरूको भनाइ छ।

जेन–जी आन्दोलनपछि ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिने नेतामध्ये पोखरेल पनि परेका थिए। असोजमा भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा उनले ओलीलाई पद छोड्न सुझाव दिएका थिए, तर ओलीले अस्वीकार गर्दै महाधिवेशन मिति अघि सारेका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता ओलीले निलम्बनमा राखेपछि पार्टीभित्र असन्तोष बढेको छ। पोखरेल, शाक्य, पाण्डे, ज्ञवाली, भट्टराई र विष्टलगायतका नेताहरूले भण्डारीको सदस्यता खोल्न माग गरे पनि ओलीले सकारात्मक प्रतिक्रिया दिएका छैनन्। नेताहरूले ओली भण्डारीले अध्यक्षमा उठ्ने आशंकाले सदस्यता रोकेको आरोप लगाएका छन्।

भण्डारीको सदस्यता विवाद नखुल्दा पोखरेलले नै अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको बताइएको छ। उनले भण्डारीसँग परामर्श गरेर उम्मेदवारीको तयारी थालेका छन्। पोखरेल पक्षले अन्य पदहरूमा पनि उम्मेदवार खडा गर्ने योजना बनाएको छ, जसले गर्दा महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।

विधान संशोधनपछि एमालेको पदाधिकारी संख्या १५ सदस्यीय बनाइएको छ। सचिव गोकर्ण विष्टले पनि यसपालि स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन्।

महाधिवेशनका २१ सय प्रतिनिधिहरू चयनको तयारी तीव्र बनेको छ। पोखरेल पक्षले भण्डारीको सदस्यता विवादलाई महाधिवेशनको एजेन्डाका रूपमा उठाउने तयारी गरेको छ।

चितवनमा भएको दसौँ महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए, तर भीम रावलसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। यसपटक पनि ओलीको सर्वसम्मत योजनामा चुनौती आएको छ। पोखरेलको उम्मेदवारीसँगै एमालेमा नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको समावेशीकरणबारे बहस बलियो बनेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: