Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता गर्न व्यग्र रहेको" बताएका छन्।

इरानी अधिकारीहरूले वार्ताका विवरणहरूलाई "भ्रामक समाचार" भन्दै अमेरिकासँगको सम्पर्क अस्वीकार गरेको भोलिपल्ट ट्रम्पको यो भनाइ आएको हो।

इरानले तेल बजारलाई प्रभावित तुल्याउन त्यसो भनिएको आरोप लगाएको थियो। ट्रम्पको पछिल्लो वक्तव्यको प्रभाव एशियाली तेल बजारमा बुधवार बिहानैबाट देखिएको छ।

भर्खरै आएका विवरणहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले झरेर ९७.६५ अमेरिकी प्रतिब्यारल भएको छ। मङ्गलवार उक्त मूल्य १०० डलरभन्दा माथि थियो।

त्यस्तै अमेरिकामा कारोबार हुने तेलमा पनि ६ प्रतिशतको गिरावट देखिएको विवरणहरू आएका छन्। यद्यपि यी मूल्य इरान युद्ध सुरु हुनुअघिको तुलनाका निकै नै धेरै हुन्।

उक्त द्वन्द्वले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ र हालैका साताहरूमा विश्वभरका सरकारहरूले आफ्नो अर्थतन्त्रमा पर्ने प्रभावलाई कम गर्ने उद्देश्यले विभिन्न उपायहरूको घोषणा गरिरहेका छन्।

ट्रम्पले थप के भने ?

ट्रम्पले आफ्नो प्रशासनले इरानमा "सही मानिसहरूसँग कुरा गरिरहेको" बताए। साथै उनले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुविओ उक्त छलफलमा संलग्न रहेका पनि बताए।

त्योसँगै ट्रम्पले इरानी सत्ता कहिल्यै परमाणु हतियार नबनाउनेबारे सहमत भएको पनि दोहोर्‍याए। उनले यस्तो दाबी पहिले पनि गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानमा गरिएको हमलाले "सत्ता परिवर्तन" निम्त्याएको पनि बताए।

उनले इरानी वार्ताकारहरूद्वारा अमेरिकालाई दिइएको एउटा "निकै महत्त्वपूर्ण पुरस्कार"को सङ्केत पनि गरे जुन उनका अनुसार तेल र ग्यास तथा होर्मुज स्ट्रेटसँग सम्बन्धित छ।

यद्यपि त्यसबारे थप विवरण दिइएको छैन।

अमेरिका र इजरेलका सञ्चारमाध्यमहरूले अज्ञात स्रोतलाई उद्धृत गर्दै अमेरिकाले युद्ध समाप्त गर्ने सम्बन्धमा इरानलाई एउटा १५ बुँदे योजना सुम्पिएको बताइरहेका छन्। बीबीसीले ती दस्तावेजहरू देखेको छैन तर ती विवरणहरूलाई पुष्टि गर्ने कोसिस गरिरहेको छ।

बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स इरानले "शत्रुता नभएका जहाजहरूलाई" होर्मुज स्ट्रेटबाट आवतजावत गर्न दिइने बताउनुले तेहरानले कुनै सम्झौतामा नपुग्दासम्म उक्त जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्न चाहेको प्रष्ट हुने बताउँछन्।

बीबीसीको अमेरिकी पार्टनर सीबीएस न्यूजका अनुसार पेन्टागनले मध्यपूर्वमा '८२औँ एअरबर्न डिभिजन'का सैनिक तैनाथ गर्ने ठानिएको छ।

मध्यपूर्वमा आक्रमण जारी

यी घटनाक्रममाझ इजरेल र इरानले एकअर्कामाथिको आक्रमण र प्रत्याक्रमणलाई निरन्तरता दिइरहेका छन्।

इरानी रेड क्रेसेन्टका अनुसार युद्ध सुरु भएयता अस्पतालसहित ८२,००० स्थलहरूमा क्षति पुगेको छ।

लेबननको राष्ट्रिय समाचार संस्थाले बुधवार दक्षिणी क्षेत्रमा भएको इजरेली हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

त्यस्तै दक्षिणी लेबननका बासिन्दालाई इजरेली सेनाले ठाउँ खाली गर्न चेतावनी दिएका विवरणहरू आएका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending