Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तय भएको छ। सोही दिन मन्त्रिमण्डल गठन गरी मन्त्रालयको संख्या घटाउने, साथै अनावश्यक ठहरिएका विभाग, बोर्ड र समितिहरू खारेज गर्ने योजना बनाइएको नेताहरूले बताएका छन्।

सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच प्रारम्भिक चरणमै लोकप्रिय र प्रभावकारी काम गरेर जनतामा सकारात्मक सन्देश दिनुपर्ने सहमति भएको छ। यही रणनीतिअनुसार मन्त्रालयको संख्या उल्लेखनीय रूपमा घटाउने तयारी गरिएको हो।

यसका लागि विगतमा विभिन्न आयोग र संसदीय समितिहरूले दिएका सुझावहरूको अध्ययन गरिएको थियो। ती प्रतिवेदनहरूले केन्द्रमा मन्त्रालय संख्या २५ बाट घटाएर १५ मा सीमित गर्न तथा अनावश्यक संरचनाहरू हटाउन सिफारिस गरेका थिए, तर कार्यान्वयन हुन सकेको थिएन।

झण्डै दुई तिहाइ जनमतसहित एकल सरकार गठन गर्न लागेको रास्वपाले ती सिफारिसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ। पार्टीका नेता गणेश पराजुलीका अनुसार मन्त्रालयलाई १५ वटामा सीमित गर्ने योजना बनाइएको छ।

मन्त्रालय घटाउँदा बाँकी रहेका केही जिम्मेवारी प्रधानमन्त्रीको मातहतमा रहने र आवश्यक परेमा पछि गाभ्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। यस विषयमा मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय हुन सक्ने बताइएको छ।

रास्वपाले चुनावी घोषणापत्रमा १८ मन्त्रालय राख्ने उल्लेख गरे पनि अहिले थप कटौती गर्ने तयारी देखिएको छ।

हाल कार्यक्षेत्र मिल्ने मन्त्रालयहरूलाई गाभ्ने विषयमा छलफल भइरहेको छ। जसअनुसार भौतिक पूर्वाधार, यातायात र सहरी विकासलाई एकीकृत गरेर शक्तिशाली पूर्वाधार मन्त्रालय बनाउने, ऊर्जा, जलस्रोत, सिँचाइ र खानेपानीलाई एउटै प्राकृतिक स्रोत मन्त्रालयमा समेट्ने, तथा कृषि, पशुपन्छी, भूमि व्यवस्था र सहकारी मन्त्रालयलाई एकीकृत गर्ने प्रस्तावहरूमा विचार भइरहेको छ।

त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयलाई पनि अन्य मन्त्रालयसँग गाभ्ने विषयमा छलफल चलिरहेको छ।

यद्यपि, यी प्रस्तावहरूबारे अन्तिम निर्णय भने भइसकेको छैन।

रास्वपाले चैत १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ, जहाँ संसदीय दलको नेता चयनसँगै सम्भावित मन्त्री र मन्त्रालय संरचनाबारे पनि छलफल हुन सक्ने बताइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेती...

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: