Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

नारायणगढ–मुग्लिन सडकखण्ड: सधैँ पहिरोको जोखिम

खबरडबली संवाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ । 

चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी ई.कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक वि.सं २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुआती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो ।

राजधानी काठमाडौँ जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारी साधन गुड्ने गर्दछन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै विसं २०७०/७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी विसं २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ । पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो । 

सूचना अधिकारी आचार्यका अनुसार दासढुङ्गादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा भाँचिएको ढुङ्गा ‘फ्याक्चर्ड रक’का पहाड भएकाले पहिरोको जोखिम बढिरहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उनले बताए ।

विगतका वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताए । उनका अनुसार यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ ।  

जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए । पहिरो रोक्नका लागि योजना बनाएर विभागमा पठाइएको छ । उनका अनुसार आफूहरूले तयार पारेको योजना सहमतिका लागि बिभाग पठाइएको र अध्ययनको क्रममा रहेको उनले बताए ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यसअघि पहिरो खस्दा तुइनखोलामा पुलपट्टीको ढिस्को बाँकी रहेको थियो । सोही ढिस्कोको केही भाग हिजोआज खस्ने गरेको छ ।  

पटक–पटक गरेर पहिरो खस्दा सडक जोखिमपूर्ण वनेको छ । गत महिना सो ठाउँमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो । पहिरो नियन्त्रणका लागि योजना बनाइएको सो पहाडको धेरै भाग झरेपछि कार्यालयले सडक विभागमा पहिरो नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल पेस गरेको छ ।

लामिछानेका अनुसार यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि रु ३९ करोडको लगत तयार गरी विभागमा पेस गरिएको थियो । पहिरो नियन्त्रण गर्नुपर्ने मुख्य पहाडको रूपमा रहेको तुइनखोला नजिकैको पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि स्टिमेट पुनः गर्न लागिएको हो । 

उनका अनुसार यही हिउँदमा काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू सवारीसाधन जाने आउने गर्दछन् । ती जिल्लाका लागि लाइफलाइनका रूपमा यो सडकलाई हेर्ने गरिन्छ ।

 डिभिजन सडक कार्यालयले जोखिमपूर्ण ती क्षेत्रमा पहिरो रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो बर्सातमा यात्रुहरूले दुःख पाएका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending