काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भू–भागमा शुक्रबार बिहानदेखि हल्कादेखि मध्यम वर्षा भैरहेको छ। बागमती, गण्डकी र तराईका जिल्लामा बिहानै मौसम खुल्ने अपेक्षा गरिएको भए पनि वर्षा अझै केही समय लम्बिएको हो।
काठमाण्डौमा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज हिजोजस्तो ठूलो वर्षा हुने सम्भावना भने छैन।
“दिउँसोसम्म काठमाण्डौ र मध्य क्षेत्रका केही स्थानमा पानी पर्ने र रोकिने क्रम रहन्छ, त्यसपछि क्रमशः सुधार हुँदै जाने देखिन्छ,” झाले भने।
मौसमविद् झाका अनुसार दिउँसोपछि क्रमिक सुधार भए पनि आज उपत्यकामा घाम लाग्ने सम्भावना कम छ। भोलिदेखि पश्चिम र मध्य क्षेत्रका धेरै स्थानमा घाम लाग्ने र त्यसपछि मौसम स्थिर हुँदै जाने अनुमान गरिएको छ।
हालको वर्षा पश्चिमी वायू, अरब सागरमा विकसित मौसमी प्रणाली र मोन्था चक्रवातको संयुक्त प्रभावका कारण भएको हो। यी प्रणालीको असर घट्दै गएपछि मौसममा सुधार देखिएको मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा र मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशीका उच्च पहाडी र हिमाली भागका केही ठाउँमा तथा बागमती र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: