Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

विद्युत् कटौतीको विरोध कार्यक्रममा बोल्दाबोल्दै बिते उपाध्यक्ष गौतम

खबरडबली संवाददाता

भैरहवा। रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दाबोल्दै ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । 

अचानक ढल्नुभएका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पुष्टि गरेको छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रुपमै आन्दोलनमा सहभागी हुने बताएको थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएको थिए। उनले सरकारले उद्योगहरुलाई फसाएको आरोप लगाउँदै श्रमिकहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेको थिए। 

उहाँले उद्योगीहरुले नियमित रुपमा मासिक रुपमै विद्युत् महसुल तिर्दै आएकोमा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरु पीडित भएको बताएको थिए । “आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरुले ठगेका छन् भन्ने पारिएको छ, म यहींबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन”, उनले भने, “सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरुले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”

उनले यो आन्दोलनलाई साङ्केतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको बताए। उनले श्रमिकहरुलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उहाँको बोली लरबरिएको थियो । “अत: यो कारणले...” भन्दै गर्दा उहाँ ढल्नुभयो । गौतम ढले लगत्तै उपचारको लागि उहाँलाई क्रिमशन अस्पताल पुर्‍याइएको थियो । जहाँ उहाँको मृत्यु भयो । 

अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा। लक्ष्मण दुवेले अस्पतालमा ल्याउने क्रममै उनको मृत्यु भैसकेको बताए। “हृदयघातका कारण नै उहाँको मृत्यु भएको हुन सक्छ,” उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...

चुनावी परिणाम र पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा अपरिहार्य: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच जना पक्राउ

काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending