ताप्लेजुङ । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्दै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छन् ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाले जोखिमबाट सतर्कता अपनाउनुपर्ने प्रजिअ सेढाइँले सूचनामा जनाएको छन् ।
कञ्चनजङ्घा हिमालसहित पर्यटकीय गन्तव्यहरु रहेको जिल्ला र अहिले पर्यटकीय मौसम भएकाले हिमपातजन्य जोखिमबाट पर्यटक नै बढी प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कञ्चनजङ्घासहितका गन्तव्यको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटक, पदयात्री, पाथीभरासहित तीर्थस्थलको दर्शन गर्ने तीर्थयात्री र अहिलेको मौसममा विभिन्न क्षेत्रको भ्रमण गर्न निस्किएका नागरिकलाई सतर्कता अपनाउन प्रजिअ सेढाइँले आग्रह गरेको छन् ।
यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई पनि वर्षा र हिमपातका कारण आइपर्ने जोखिम र जाडोबाट जोगिएर बस्न अर्थात् सतर्कता अपनाउन साथै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिम रहेको क्षेत्रमा भ्रमण तथा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा मौसमी अवस्थालाई ख्याल गरेर मात्र भ्रमण साथै यात्रा गर्न स्थानीय प्रशासनको सुझाव छ ।
यता मौसम भने सोमबार रातिदेखि नै धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङ बजारमा फाट्टफुट्ट वर्षा भएको छ । जिल्लाको उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको स्थानीयले बताएका छन् । मौसम धुम्मिएका कारण जिल्लामा जाडो पनि बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: