काभ्रेपलाञ्चोक । स्थानीय तहले आलटाल गर्दा १३ महिनाअघिका बाढीपहिरो पीडितलाई प्रदान गरिने अनुदानका लागि रकम वितरण गर्न ढिलाइ भएको छ । सोहीकारण पीडितका लागि अस्थायी आवास निर्माण गर्न सरकारले प्रदान गरेको अनुदान वितरणमा अन्यौलता भइरहेको हो ।
बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुगेको एक वर्ष नाघिसक्दा पनि स्थानीय तहको बेवास्ताले हालसम्म नागरिकले अस्थायी आवास निर्माणका लागि सरकारले प्रदान गरेको रकम लिन सकेका छैनन् ।
हाल बाढीपहिरोबाट पीडित परिवारका लागि दोस्रो किस्ताको रकम जिल्ला प्रशासन कार्यालयको खातामा थन्किएर बसेको छ । हालसम्म जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिकाका पीडितले मात्रै दोस्रो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लास्थित विपद् कोषमा गत वर्षको बाढीपहिरोबाट क्षति भएका पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताबापतको रकम प्राप्त भए पनि स्थानीय तहबाट माग नभएकाले उक्त रकम खर्च हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयले यसअघि जिल्लाको १३ स्थानीय तहका तीन हजार १२८ पीडित परिवारका लागि पहिलो किस्ताबापत प्रतिपरिवार रु २५ हजार उपलब्ध गराइसकेको छ । कार्यालयलाई सरकारले पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार निकासा गरेको थियो ।
कार्यालयका लेखापाल नरहरिनाथ खनालका अनुसार १३ मध्ये हालसम्म माग भएअनुसार दुई तहका ६५७ परिवारलाई दोस्रो किस्ता पठाइएको बताए । रोशी गाउँपालिकामा ४६१ परिवारका लागि रु २५ हजारका दरले रु एक करोड १५ लाख २५ हजार र बेथानचोकका १९६ परिवारका लागि रु ४९ लाख गरी कुल रु एक करोड ६४ लाख २५ हजार दोस्रो किस्ताको रकम उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार पाँचखाल नगरपालिकाबाट दोस्रो किस्ताबापतको रकम माग भएकाले अनुदान रकम पठाउने प्रक्रिया भइरहेको छ ।
“स्थानीय तहबाट आवश्यक कागजात पुर्याएर माग भएको खण्डमा तत्कालै अनुदान पठाउने प्रक्रिया हुल्छ”, प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने । उनका अनुसार हाल प्रशासनको विपद् व्यवस्थापन कोषमा रु तीन करोड ३० लाख छ । केही स्थानीय तहबाट दोस्रो किस्ताका लागि समयमै कागजात नआउँदा रकम माग गर्न ढिला भएको जनाएका छन् ।
पनौती नगरप्रमुख रामशरण भण्डारीले पीडितबाट आउनुपर्ने ‘डकुमेन्ट’ समयमै नआउँदा ढिलाइ भएको बताए । सरकारले पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा ८८, मण्डनदेउपुरमा १३३ र नमोबुद्धमा ८८४ परिवार रहेका छन् ।
यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र खानीखोलामा ५३ पीडितपरिवार रहेका छन् । उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: