Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

खबरडबली संवाददाता

म्याग्दी ।  शहरको चमकदमक, सहज सुविधा र सामाजिक परिचय सबथोक छाडेर कोही व्यक्ति जब गाउँ फर्किन्छ, त्यसलाई सामान्य घटना भन्न सकिँदैन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुन त्यस्तै पात्र हुन् । जसले सहरको सम्पन्नता छाडेर गाउँको आत्मालाई अँगालेका छन्।

भारतीय सेनाका पूर्व क्याप्टेन तिलिजा पोखराको रामबजारमा बस्दै आएका थिए। उनका एक छोरा बेलायती गोर्खा सैनिक छन्। तीन छोरी क्रमशः हङकङ, अमेरिका र पोर्चुगलमा। बाह्य दृष्टिले हेर्दा उनको जीवन सम्पन्न थियो । सुविधा, सन्तानको सफलता र सुरक्षित बुढेसकालका साथ। तर, एकदिन उनले निर्णय गरे “अब गाउँ फर्किन्छु।”

“छोरा, छोरी सबै विदेश, यहाँ स्याहार र सम्झना दिने कोही छैन भन्ने महसुस भयो,” उनले भने, “सहरमा पैसाले सबै कुरा पाइन्छ, तर आत्मीयता र चिनजान हराउँछ।”

त्यसपछि उनले पोखराको घर आफन्तको जिम्मामा छोडे र श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णासहित २४ वर्षपछि जन्मथलो स्वाँत फर्किए।

गाउँ फर्कने मात्र होइन, गाउँ बसाउने योजना

फर्किएपछि उनले ठाने — गाउँमा बस्न चाहने युवाका लागि ‘आधार र अवसर’ दुबै चाहिन्छ। त्यसपछि उनले सुरु गरे ‘प्यारामिड होटल’। दुई रोपनी पाखो जमिन सम्याएर झन्डै रु १ करोड ८० लाख लगानीमा होटल निर्माण भयो।

“छोराबुहारीलाई गाउँ ल्याएर त्यतिकै राख्न भएन,” उनले मुस्कुराउँदै भने, “अब होटलकै कारण उनीहरू गाउँमै बाँधिएका छन्।”

गत हप्तादेखि सञ्चालनमा आएको होटलका १३ वटा कोठा सबै प्यारामिड आकारका छन्। एट्याच बाथरुम, न्यानो भित्री संरचना र हिउँदमा हिउँ नथुप्रिने बनावटका कारण यसको वास्तुकला अनौठो छ। भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको शैलीमा बनेको होटलले पर्यटकलाई हिमाल, हावा र गाउँको आत्मा एकैसाथ अनुभव गराउँछ।

होटलमा गाउँको स्वाद

होटलका परिकार पनि स्थानीय छन्। सिस्नोको मुना, रातो च्याउ, दौडे, स्थानीय कुखुरा र खसीबोकाको मासु, कोदो–मकैको ढिडो।
होटल व्यवस्थापनदेखि सरसफाइ र पाहुनाको स्वागतसम्म सबै परिवारकै जिम्मामा छ। बाहिरका श्रमिक नलिएर उनले आफ्ना सन्तान र बुहारीलाई गाउँमै रोजगारीको बाटो देखाएका छन्।

गाउँको सुन्दरता र सम्भावना

स्वाँत गाउँ अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी–घोडेपानी रुटमा पर्छ। शिखबाट एक घण्टा पैदल पुगिने यो गाउँबाट धौलागिरि हिमालको दृश्य स्वच्छ हावासँगै देखिन्छ। नजिकैको छहरे झरना पर्यटकको आकर्षण हो।

यहाँ अहिले ७० मध्ये करिब २५ देखि ३० परिवार मात्र स्थायी रूपमा बस्छन्। बाँकी परिवारका सदस्य पोखरा, काठमाडौं, बुटवल वा विदेशमा छन्। विद्यालयका प्रधानाध्यापक रामचन्द्र पाइजा पुन भन्छन्, “बलबहादुरको पहलले गाउँमा नयाँ ऊर्जा आएको छ। अब धेरैले फर्किन सोचिरहेका छन्।”

‘गाउँ फर्कौं’ अभियानको सन्देश

स्थानीय मनबहादुर पुनका अनुसार गाउँमा सडक, खानेपानी, बिजुली, इन्टरनेट र मोबाइलको पहुँच पुगेको छ। खेतीयोग्य जमिन, आलु र रायोको विउ उत्पादनका लागि उपयुक्त माटो छ। यी आधारभूत सुविधाले स्वाँतलाई बस्न योग्य गाउँ बनाएको छ।

बलबहादुर भन्छन्, “रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हुँ। अरूलाई पनि फर्कने प्रेरणा दिन चाहन्छु।”

उनको ‘प्यारामिड होटल’ केवल एउटा व्यापार होइन — गाउँ फर्कने दर्शनको प्रतीक बनेको छ। अनि बलबहादुरको जुक्ती, सहरबाट गाउँ फर्किन हिचकिचाइरहेका सयौँ सन्तानका लागि एउटा मौन आह्वान हो “गाउँमा फर्कौं, जहाँ हाम्रो जरो बाँकी छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending