Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

लमजुङको खुर्सानी पूर्व पुग्दा, पूर्वको बजार कता हरायो ?

अकबरे खेतीको संघर्ष, सफलता र बजारको यथार्थ

खबरडबली संवाददाता

कोशी प्रदेशका ठुला सहरमा दौडिरहेका छन् गंगा रिजाल। तर उनी दौडिरहेका छैनन् केवल बजारको पछाडि; उनी दौडिरहेका छन् आफ्नो मेहनत, सपना र नेपाली कृषि व्यवसायको भविष्यको खोजीमा। राजधानी काठमाडौँबाट पूर्वका सहरसम्मको उनको यात्रा केवल दूरीको होइन, चुनौती, संघर्ष र आशाको पनि यात्रा हो।

गंगा रिजाल लामो समयदेखि कृषि व्यवसायमा सक्रिय छन्। उनी र उनका परिवारले लमजुङको पाँचथर क्षेत्रबाट सुरु गरेका अकबरे खुर्सानीका बिरुवाहरू अहिले पूर्वी बजारसम्मको यात्रा गरिरहेका छन्।

बाँदर आतंक र नयाँ विकल्पको खोज

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटे। यहाँ पहिले मकै, कोदो र आलु फल्थे। तर बालीनाली प्रायः बाँदरको निशानामा पर्थ्यो। “अरू बाली त केही नहुने भयो, बाँदरले साह्रै दुःख दियो,” गंगा रिजाल भन्छन्।

रिजाल परिवारले बाँदरबाट बच्ने बालीको खोजी गर्दै करिब एक वर्षअघि अकबरे खुर्सानी खेती सुरु गरे। दक्षिण कोरियामा कृषि क्षेत्रमा काम गरेका भाइ मदन रिजालले त्यहाँको प्रविधि आफ्नो माटोमा लागू गर्ने साहस देखाए। गंगा, मदन, बुबा प्रेमप्रसाद र काका खोमनाथ मिलेर करिब २२ लाखको लगानीमा खेतीमा हात हाल्ने निर्णय गरे।

सुरुको लगानी बीउ, मल, सिँचाइ, प्रविधि र कामदारको ज्यालामा खर्च भयो। स्थानीय १५ जना रोजगारी पाए र ४५ हजार अकबरे बिरुवा रोपियो।

प्राकृतिक चुनौती र प्राविधिक ज्ञानको अभाव

तर खेती सजिलो थिएन। पहिले बिउकै समस्या आयो। लमजुङबाट महँगो बिउ ल्याउनुपर्यो । आधा केजी ३० हजार रुपैयाँ। बिरुवा रोप्ने बेलामा पानी नपर्दा कर्मचारीलाई निरन्तर पानी हाल्न खटाउनुपर्‍यो।

“सुरुमा त प्राविधिक ज्ञानकै अभाव भयो। कसले सिकाउने, के गर्ने भन्ने थाहा थिएन,” गंगाले सम्झिए। बिरुवा हुर्काए पनि रोग र कीराले आक्रमण गरे। कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर केही सहयोग पाइयो।

यी चुनौतीका बाबजुद ४५ हजार बिरुवामध्ये करिब १० हजार मरे। तर बाँकी ३५ हजारले उनीहरूलाई आशा दियो। उत्पादन अब करिब ६ टन पुगिसकेको छ र सिजनभरि ४० टनसम्म पुग्ने अनुमान छ।

बजारमा प्रतिस्पर्धा र मूल्यको चुनौती

रिजाल परिवारको मेहनतले उत्पादन तयारी भयो, तर बजारमा अर्को समस्या उभियो। पालुङ, मकवानपुर र लमजुङतिरका सस्तो खुर्सानीको आयातले पूर्वी बजारमा मूल्य घटायो।

“हामीले प्रतिकेजी २५० रुपैयाँमा बेच्ने प्रयास गरेका थियौं। अहिले १५० रुपैयाँभन्दा तल झरेको छ,” गंगा भन्छन्। सरकारी अनुदान पाएका अन्य किसानले सस्तोमा पठाइरहेका कारण, उनीहरूले लगानीको प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

स्थानीय अचार र चाउचाउ उद्योगहरूले किनिदिने आशा पनि निराशामा परिणत भयो। “उनीहरूले सिजनको सबैभन्दा सस्तो बेलामा मात्र उत्कृष्ट ग्रेडिङको मालमात्र खोज्छन्। हामी सानो किसानले लगानी गरेर उत्पादन गरेको माललाई उचित मूल्य दिन सक्दैनौं,” गंगा थप्छन्।

नेपालको अकबरे खुर्सानी भारतको दार्जिलिङ, सिक्किम र अन्य पहाडी क्षेत्रमा रुचाइन्छ। तर औपचारिक निर्यातको बाटो नहुँदा, उत्पादनको धेरै भाग अझै पशुपतिनगरजस्ता नाकाबाट अवैध तरिकाले बाहिर जान्छ।

सरकारी सहयोगको अभाव

रिजाल परिवारले अहिलेसम्म कुनै सरकारी निकायबाट ठोस सहयोग पाएको छैन। कृषि अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोगका नारा सुनिए पनि व्यवहारिक रुपमा सहयोगको पहुँच शून्यभन्दा कम छ।

अझै, मेची राजमार्ग र तमोर कोरिडोरमा पहिरोले बाटो अवरुद्ध हुँदा ढुवानीमा समस्या थपियो। दसैँ–तिहारको समयमा यात्रुको सामानलाई प्राथमिकता दिइने हुँदा कृषि उत्पादन ढुवानी गर्न गाह्रो भयो।

पहिलो सिजनको अनुभव र भविष्यका योजना

पहिलो सिजनको अनुभव कठिन भए पनि रिजाल परिवार हतोत्साहित छैन। उनीहरूको योजना अर्को सिजनमा उत्पादन वृद्धि गर्ने र लागत घटाएर बजार प्रतिस्पर्धा गर्ने छ।

“जब हाम्रो उत्पादनको मात्रा बढ्छ, तब हामी कम मूल्यमा पनि नाफा कमाउन सक्छौँ,” गंगा भन्छन्। उनीहरू अन्य किसानलाई पनि यो खेतीमा आकर्षित गर्ने प्रयासमा छन्।

नेपालको अकबरे खुर्सानीको भविष्य उज्जवल छ । यदि सरकारले औपचारिक निर्यातको कानुनी बाटो खोलिदिए। अहिले पनि उत्पादन भारततिर अवैध तरिकाले जान्छ। गंगाले भने, “सरकारी पहल भए, किसानले पर्याप्त उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्थे। तर अहिले प्रतिस्पर्धा र मूल्यको असमानता भित्र हामी सीमित छौँ।”

गंगा रिजाल र उनका परिवारले कठिन परिस्थितिमा लगानी, ज्ञान र श्रम खर्च गरेर व्यावसायिक खुर्सानी खेती सुरु गरेका छन्। बाँदर, खडेरी, रोग, बिउको अभाव, बजार प्रतिस्पर्धा र सरकारी सहयोगको कमी । यी सबै चुनौतीका बाबजुद उनीहरू अघि बढिरहेका छन्।

यो कथा केवल एउटा किसानको होइन, नेपाली कृषि व्यवसाय र किसानको संघर्ष, सपना र सम्भावनाको कथा हो। अकबरे खुर्सानीको सफलता प्रमाण हो कि मेहनत, योजना र प्राविधिक ज्ञानले चुनौतीलाई अवसरमा बदल्न सक्छ। तर यसको दीर्घकालीन सफलता सरकारी नीति, बजार व्यवस्थापन र निर्यातको बाटोको सहकार्यमा निर्भर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending