Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

देउसी–भैलो : सहरमा हराउँदै मौलिकता, गाउँमा जोगिँदै परम्परा

खबरडबली संवाददाता

गुल्मी । देशभर तिहारको रौनक छ। सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी–भैलो हावी बनेको छ। तर गुल्मीका गाउँ–बस्तीमा भने अझै पनि मौलिकता झल्किने परम्परागत देउसी–भैलो जीवन्त छ।

सहरमा यो संस्कार व्यावसायिक बन्दै गएको छ । पप गीत, र्याप, फिल्मी प्रस्तुति र प्रायोजित टोलीहरूले यसको मौलिकता धमिल्याइरहेका छन्। तर ग्रामीण क्षेत्रमा देउसी अझै पनि लोक–संस्कृतिको जीवित रूपका रूपमा जगेर्ना भइरहेको छ।

परम्परागत भेषभूषा, नाटकीय प्रस्तुति र मेलमिलाप झल्किने गीतहरूले गाउँका समुदायबीच एकता, सद्भाव र आपसी सहयोगको सन्देश दिइरहेका छन्। देउसी–भैलो त्यहाँ बालबालिकादेखि आमा समूह, शिक्षक, कृषक र वृद्धसम्म सबैको चाड हो—पुस्ता–पुस्ताबीच संस्कार सर्ने माध्यम पनि यही बनेको छ।

रेसुङ्गा–४ का ८१ वर्षीय तुल्सी विक भन्छन्, “पहिले देउसीमा सन्देश हुन्थ्यो, अहिले पैसा मात्रै मागिन्छ। तर हाम्रो गाउँमा अझै पुरानै लयमा नाचिन्छ, त्यो नै साँचो तिहार हो।”

इस्मा–२ का कपिलमणि पन्थी थप्छन्, “सहरमा देउसी भैलो पैसा संकलनको माध्यम बनेको छ, तर गाउँमा अझै पनि पुरानो रूप जोगिएको छ। त्यो हाम्रो सांस्कृतिक गर्व हो।”

बलिराजाको समयदेखि सुरु भएको परम्परा

जनविश्वासअनुसार देउसी–भैलोको सुरुवात बलिराजाको समयदेखि भएको हो। देउसी गीतमा बलिलाई सम्झने, दान–धर्मको चर्चा गर्ने र घरधनीको प्रशंसा गर्ने चलन त्यसै समयदेखि चलिआएको मानिन्छ।

तर अहिले धेरै ठाउँमा आधुनिक गीत, चलचित्रका संवाद र लोकप्रिय संगीत मिसिँदा मौलिकता हराउँदै गएको चिन्ता संस्कृतिप्रेमीहरूले व्यक्त गरेका छन्।

गुल्मीका गाउँघरमा भने देउसी टोली अझै परम्परागत लय, पोसाक र भेषभूषामा प्रस्तुत हुन्छन्। टोली नाइकेले लय हाल्ने, अरू सदस्यहरूले “भैलो” भन्दै नाच्ने, गीतमा “छाना, धान, दान” र मिठा परिकारको प्रसङ्ग ल्याउने चलन अझै पनि जीवित छ।

अहिलेका युवाले पनि मौलिक देउसी–भैलोमा रुचि देखाउन थालेका छन्। इस्मा–२ को पालुखा माविले तिहारको अवसरमा विद्यार्थीहरूलाई मौलिक देउसी–भैलोको कार्यक्रम आयोजना गरेको थियो।
विद्यालयका अनुसार, यस्ता कार्यक्रमहरूले युवामा संस्कृतिप्रतिको मोह पुनः बढाएको छ।

संस्कृतिको जगेर्ना गाउँबाटै

गुल्मीका गाउँ–बस्तीमा देखिएको यस्तो सक्रियता अन्य ठाउँका समुदायले पनि अपनाए भने देउसी–भैलो मात्र होइन, सम्पूर्ण नेपाली मौलिक चाडपर्वहरू जीवन्त रहिरहनेछन्।

तिहारको रंगीन उज्यालोमा गाउँले परम्परागत लयमा गुञ्जिरहेको देउसी–भैलो वास्तवमै नेपालीपनको धड्कन बनेर बजिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending