काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी (GenZ) पुस्तालाई माओवादीसँग मिलेर आगामी चुनाव लड्न आग्रह गरेका छन्।
महोत्तरीको रामगोपालपुरमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले भने, “अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्। अरू कसैले जेनजीका माग पूरा गर्दैनन्।”
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रका एजेन्डा माओवादीले विगतदेखि नै उठाउँदै आएको स्मरण गर्दै ती मुद्दा विरोध गर्नेहरूले जेनजीको भावना बुझ्न नसक्ने बताए।
“जो प्रत्यक्ष निर्वाचित कार्यकारी र समावेशी लोकतन्त्रका विरोधमा छन्, उनीहरूले जेनजीको भावना बुझ्न सक्दैनन्,” उनले भने।
प्रचण्डले जेनजीलाई आफ्नो “मित्र र बैरी” चिन्न आग्रह गर्दै भने, “आफ्ना अभिभावक र मित्रलाई दुस्मनजस्तो, दुस्मनलाई मित्रजस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दुर्भाग्य देशका लागि केही हुन सक्दैन।”
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरू माओवादी प्रवेश गरेका थिए। प्रचण्डका अनुसार, “खादा लगाइँदिँदा थाक्ने गरी” पार्टी प्रवेश भएको र तीमध्ये करिब ६० प्रतिशत जेनजी पुस्ताका रहेका छन्।
उनले जनयुद्ध र जनआन्दोलनको समयलाई सम्झँदै भने, “हामी पनि जेनजी नै थियौं। आज मधेशमा पनि सयौँको संख्यामा जेनजी आन्दोलनपछि पहिलोचोटि यति ठूलो सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्, र उनीहरूले माओवादी केन्द्र रोजेका छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: