मोरङ । तिहारको रौनक सुरु भएसँगै विराटनगरलगायत मोरङका बजारमा सयपत्री फूलको मूल्य अनियन्त्रित रूपमा बढेको छ। स्थानीय उत्पादनमा वर्षाले क्षति पुर्याउनु र सरकारले भारतबाट फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा फूलको चरम अभाव सिर्जना हुँदा मूल्य आकाशिएको हो।
केही साताअघिसम्म प्रतिमाला ४० देखि ५० रुपैयाँमा पाइने सयपत्री अहिले १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उपभोक्ता र किसान दुवै दोहोरो मारमा परेका छन्। चाडपर्वको मुखमा सरकारी अनुगमन निकायको निष्क्रियताले व्यापारीहरूले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ।
यस वर्ष फूल फुल्ने बेलामा परेको अविरल वर्षा र बाढीले सयपत्री खेतीमा निर्भर किसानहरूको लगानी र आशा दुवै बगाएको छ। विराटनगर–६ केसलिया खोला किनारमा विगत १० वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका किसान रतन जानाले यसपालि आफ्नो लगानीसमेत नउठ्ने अवस्था आएको दुःखेसो पोखे।
“गत वर्षको आम्दानीले उत्साहित भएर यसपालि ७० हजारभन्दा बढी सयपत्रीका बोट रोपेको थिएँ,” जानाले भने, “फूल फुल्ने बेलामै आएको बाढीले सबै बोट गलाएर सखाप पार्यो। वर्षाले मेरो फूल मात्र होइन, वर्षभरिको मेहनत र सपना पनि बगायो। करिब ५ लाख रुपैयाँको नोक्सानी भयो।”
उनका अनुसार बचेका थोरै बोटमा पनि राम्रो फूल नलागेकाले बजारमा उचित मूल्य पाउन सकिएको छैन। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतबाट प्राकृतिक तथा प्लास्टिकका फूलमाला आयातमा प्रतिबन्ध लगाएको थियो।
तर, स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्थामा यो नीति प्रत्युत्पादक बनेको छ। बजारको यही अभावको फाइदा उठाउँदै सीमा क्षेत्रबाट तस्करीमार्फत भारतीय फूलहरू अवैध रूपमा भित्रिरहेका छन्।
एक व्यापारीले भने, “सरकारले आयात रोक्नुअघि यहाँको उत्पादनको अवस्था हेर्नुपर्थ्यो। अहिले भन्सारबाट ल्याउन पाइँदैन, चोर बाटोबाट ल्याउँदा प्रहरीले समात्ने डर हुन्छ। ठाउँ(ठाउँमा पैसा खुवाउनुपर्छ। यही जोखिमको मूल्य जोड्दा फूल महँगो भएको हो।”
यद्यपि, विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले प्रतिबन्ध लगाएका कुनै पनि वस्तु भन्सार नाकाबाट आयात हुन नदिइएको दाबी गरे।
फूलको अस्वाभाविक मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। विराटनगर बजारमा फूल किन्न आएकी सरिता कोइरालाले मूल्य सुनेर आफू चकित परेको बताइन्।
“तिहार भनेकै फूल, बत्ती र देउसीभैलो हो। एउटा सामान्य मालालाई १५० रुपैयाँ तिर्नुपरेपछि कसरी मनाउनु चाड रु” उनले आक्रोश पोखिन्, “सरकारले बजार अनुगमन गर्दैन, व्यापारीले जे भन्यो त्यही तिर्नुपर्ने बाध्यता छ। यस्तो महँगीले त चाडको रौनक नै खोसिदियो।”
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताहरू हरेक वर्ष ठगिन बाध्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: