मोरङ । तिहारको रौनक सुरु भएसँगै विराटनगरलगायत मोरङका बजारमा सयपत्री फूलको मूल्य अनियन्त्रित रूपमा बढेको छ। स्थानीय उत्पादनमा वर्षाले क्षति पुर्याउनु र सरकारले भारतबाट फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा फूलको चरम अभाव सिर्जना हुँदा मूल्य आकाशिएको हो।
केही साताअघिसम्म प्रतिमाला ४० देखि ५० रुपैयाँमा पाइने सयपत्री अहिले १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उपभोक्ता र किसान दुवै दोहोरो मारमा परेका छन्। चाडपर्वको मुखमा सरकारी अनुगमन निकायको निष्क्रियताले व्यापारीहरूले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ।
यस वर्ष फूल फुल्ने बेलामा परेको अविरल वर्षा र बाढीले सयपत्री खेतीमा निर्भर किसानहरूको लगानी र आशा दुवै बगाएको छ। विराटनगर–६ केसलिया खोला किनारमा विगत १० वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका किसान रतन जानाले यसपालि आफ्नो लगानीसमेत नउठ्ने अवस्था आएको दुःखेसो पोखे।
“गत वर्षको आम्दानीले उत्साहित भएर यसपालि ७० हजारभन्दा बढी सयपत्रीका बोट रोपेको थिएँ,” जानाले भने, “फूल फुल्ने बेलामै आएको बाढीले सबै बोट गलाएर सखाप पार्यो। वर्षाले मेरो फूल मात्र होइन, वर्षभरिको मेहनत र सपना पनि बगायो। करिब ५ लाख रुपैयाँको नोक्सानी भयो।”
उनका अनुसार बचेका थोरै बोटमा पनि राम्रो फूल नलागेकाले बजारमा उचित मूल्य पाउन सकिएको छैन। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतबाट प्राकृतिक तथा प्लास्टिकका फूलमाला आयातमा प्रतिबन्ध लगाएको थियो।
तर, स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्थामा यो नीति प्रत्युत्पादक बनेको छ। बजारको यही अभावको फाइदा उठाउँदै सीमा क्षेत्रबाट तस्करीमार्फत भारतीय फूलहरू अवैध रूपमा भित्रिरहेका छन्।
एक व्यापारीले भने, “सरकारले आयात रोक्नुअघि यहाँको उत्पादनको अवस्था हेर्नुपर्थ्यो। अहिले भन्सारबाट ल्याउन पाइँदैन, चोर बाटोबाट ल्याउँदा प्रहरीले समात्ने डर हुन्छ। ठाउँ(ठाउँमा पैसा खुवाउनुपर्छ। यही जोखिमको मूल्य जोड्दा फूल महँगो भएको हो।”
यद्यपि, विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले प्रतिबन्ध लगाएका कुनै पनि वस्तु भन्सार नाकाबाट आयात हुन नदिइएको दाबी गरे।
फूलको अस्वाभाविक मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। विराटनगर बजारमा फूल किन्न आएकी सरिता कोइरालाले मूल्य सुनेर आफू चकित परेको बताइन्।
“तिहार भनेकै फूल, बत्ती र देउसीभैलो हो। एउटा सामान्य मालालाई १५० रुपैयाँ तिर्नुपरेपछि कसरी मनाउनु चाड रु” उनले आक्रोश पोखिन्, “सरकारले बजार अनुगमन गर्दैन, व्यापारीले जे भन्यो त्यही तिर्नुपर्ने बाध्यता छ। यस्तो महँगीले त चाडको रौनक नै खोसिदियो।”
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताहरू हरेक वर्ष ठगिन बाध्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: