Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

तिहारको अवसरमा निःशुल्क ६० जीबी डेटा दिने भन्दै ठगी धन्दा, कतै तपाईं फस्नुभयो कि ?

खबरडबली संवाददाता

काठमाडौँ । तिहारको अवसरमा वर्ल्डलिङ्क, नेपाल टेलिकम र एनसेलले ६० जीबी डेटा निःशुल्क उपलब्ध गराउने भन्दै फिशिङ लिङ्क फैलिएको पाइएको छ । प्रयोगकर्तालाई शंकास्पद साइटमा पुर्‍याउने उद्देश्यले यस्तो जालसाजीपूर्ण लिङ्क फैलाइएको हो ।

यही सँघारमा व्यापक रूपमा सर्कुलेट भएको ‘jveox.site’ नामक लिङ्क हाल डाउन छ । यद्यपि यसले ठुलो संख्यामा प्रयोगकर्तालाई प्रभावित गरिसकेको देखिन्छ । यस लिङ्कमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो जानकारी राख्दा उक्त लिङ्क स्वतः फेसबुकका साथी वा ह्वाट्सएप कन्ट्याक्टमा फर्वार्ड हुन्छ । यसले गर्दा अन्य व्यक्तिले वास्तविक व्यक्तिबाट आएको ठानेर क्लिक गर्छन् र यसरी यो जाल अझै फैलिँदै जान्छ ।

तिहारको उपलक्ष्यमा निःशुल्क ६० जीबी डेटा उपलब्ध गराउने भन्दै फैलिएको लिङ्क यसअघि नेपालमा फैलिने फिशिङ लिङ्कसँग मिल्दोजुल्दो छ । 

उक्त लिङ्कमा क्लिक गर्दा करिब दुई हजार कमेन्ट देखिन्छन्, जुन वास्तवमा नक्कली अकाउन्टबाट गरिएका हुन्छन् । खासगरी त्यस्ता कमेन्टमा ‘मैले उपहार पाएँ’ भन्दै अन्य प्रयोगकर्तालाई विश्वास दिलाउन खोजिएको हुन्छ । केहीले यसमा आशंका व्यक्त गरे पनि धेरैले यसलाई सही ठानेर शेयर गर्ने गरेका छन् ।

स्क्यामरले पठाएको लिङ्क खोल्दा नेपालको झण्डा र त्यसमुनि एउटा स्टाटस राखिएको हुन्छ । उक्त पेजमा केही प्रक्रिया पूरा गरेपछि पुरस्कार पाइने आश्वासन दिइन्छ ।

पोस्टमा प्रयोगकर्तालाई अर्को वेबसाइटमा रिडाइरेक्ट गर्ने भनिएको हुन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो नेटवर्क छानेर मोबाइल नम्बर राख्नुपर्ने र त्यसमा आएको ओटीपी कोड राख्नुपर्ने भनिन्छ ।

पेजको तलपट्टि ‘तपाईंको निःशुल्क पुरस्कारहरू दावी गर्नुहोस्’ लेखिएको बटन राखिएको हुन्छ । उक्त बटनमा ट्याप गर्दा साइट रिडाइरेक्ट हुन्छ र एउटा ‘टेस्ट’ गराउने पेज खुल्छ, जहाँ प्रयोगकर्तालाई विभिन्न विकल्पहरू छान्न भनिएको हुन्छ ।

त्यसपछि ‘मेगास्ट्रोम प्रो’ नामको अर्को साइट खुल्छ, जहाँ नेपाल टेलिकम, एनसेल लगायतको लोगो राखिएको हुन्छ । त्यसमध्ये कुनै एउटा विकल्प छानेपछि ‘गिफ्ट पाउन लिङ्क क्लिक गर्नुहोस्’ भनिएको हुन्छ। कतिपय अवस्थामा बैंकबाट उपहार प्राप्त भएको भनिन्छ भने, कतिपय अवस्थामा एक्सटेन्सन डाउनलोड गर्न भनिन्छ । यसरी हरेक पटक फरक-फरक लिङ्कमा रिडाइरेक्ट गराइरहेको देखिन्छ ।

‘रोटेटर लिङ्क’ को प्रयोग

यस्ता लिङ्कलाई ‘रोटेटिङ रिडाइरेक्ट लिङ्क’ वा ‘रोटेटर लिङ्क’ भनिन्छ । सामान्यतया एफिलियट प्रोग्राम वा अनलाइन मार्केटिङका लागि यस्ता लिङ्क प्रयोग गरिन्छ । कतिपयले यस्ता लिङ्क मार्केटिङ गर्न प्रयोग गर्छन् भने, कतिपयले प्रयोगकर्तालाई फिशिङ लिङ्कमा पुर्‍याउन प्रयोग गर्छन् । यसरी अनधिकृत साइटमा पुग्दा डिभाइसमा मालवेयर वा भाइरस इन्स्टल हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

यस्ता लिङ्कमा क्लिक गर्दा अनावश्यक सब्स्क्रिप्सन प्याकेज खरिद हुने वा असान्दर्भिक वेबसाइटहरूमा पुगिने सम्भावना उच्च हुन्छ । यस विशेष लिङ्कमा पनि स्क्यामरले एफिलियट मार्केटिङ गरेर आर्थिक लाभ उठाउने उद्देश्यले यस्तो जालसाजी गरेको देखिन्छ ।

जोगिने कसरी ?

अपरिचित वा शंकास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।

निःशुल्क डेटा वा उपहारको लोभ देखाउने मेसेज सजिलै विश्वास नगर्नुहोस् ।

आधिकारिक स्रोत (कम्पनीको वेबसाइट वा सामाजिक सञ्जालको आधिकारिक पेज) बाट मात्र सूचनाहरू पुष्टि गर्नुहोस् ।

कुनै पनि वेबसाइटमा आफ्नो व्यक्तिगत जानकारी (मोबाइल नम्बर, ओटीपी कोड आदि) प्रविष्ट गर्नुअघि सतर्क रहनुहोस् ।

आफ्ना साथीभाइ र परिवारलाई पनि यस्ता ठगीका बारेमा जानकारी गराउनुहोस् ।

कसैबाट यस्तो मेसेज आएको पाउनुभयो भने उसलाई गाली गर्नुको सट्टा यसबारे बुझाउनुहोस् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: