काठमाडौँ । पछिल्ला हप्ताहरूमा बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै गएको छ, जसले सर्वसाधारण उपभोक्ताको भान्छा खर्च अत्यधिक बढाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक वर्षको अवधिमा धेरै तरकारीको होलसेल मूल्यमा उल्लेख्य वृद्धि भएको छ । समितिका तथ्यांकअनुसार केही तरकारीमा त २०० प्रतिशतसम्म मूल्य बढेको छ ।
खुद्रा बजारमा कालीमाटीभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री भइरहेका छन् । उदाहरणका लागि, सिमीको मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँ, कन्ने च्याउ ३५० रुपैयाँ, र भिण्डी २०० रुपैयाँ पुगेको छ ।
कुन तरकारीमा कति वृद्धि ?
समितिको विवरणअनुसार भिण्डी र चिचिण्डोको मूल्य अघिल्लो वर्षको तुलनामा करिब २०० प्रतिशतले बढेको छ । गत वर्ष कात्तिक १ मा भिण्डीको औसत मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो । अहिले त्यो १३५ रुपैयाँ पुगेको छ । चिचिण्डोको मूल्य पनि २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी, काउलीको मूल्य ११६ रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ, जुन ११४ प्रतिशतको वृद्धि हो ।
अन्य तरकारीको स्थिति
तोफू १७ प्रतिशतले बढेको छ भने जिरीको साग ३६ प्रतिशतले महँगो भएको छ । डल्ले च्याउ, तोरीको साग, फर्सी, तितेकरेला, रातो मुला, बरेला, र कन्ने च्याउलगायतका तरकारीमा पनि १० देखि ३० प्रतिशतसम्म वृद्धि देखिएको छ ।
किन बढ्दैछ मूल्य ?
कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार मूल्य बढ्नुका प्रमुख कारण मौसमी परिवर्तन, आपूर्तिमा कमी, र प्राकृतिक प्रकोपको असर हुन् । उनले भने, “अहिले बर्खे तरकारीको सिजन सकिँदैछ, तर हिउँदे तरकारी अझै बजारमा आएको छैन । त्यसैले ताजा तरकारीको आपूर्ति घटेको छ ।”
साथै, हालैको वर्षा र बाढी–पहिरोले तरकारी खेतीमा क्षति पुर्याएको र त्यसको असर बजारमा देखिएको उनले बताए । भारतबाट आयात पनि घटेकाले आपूर्ति पक्ष कमजोर भएको र त्यसले मूल्य बढाएको श्रेष्ठको भनाइ छ ।
भण्डारण गर्न सकिने आलु, प्याजजस्ता तरकारीको मूल्य भने स्थिर छ । केही नयाँ आलुको मूल्य बढे पनि भारतीय आलु सस्तो रहेको श्रेष्ठले जानकारी दिए । हाल दैनिक ७०० देखि ८०० मेट्रिक टन फलफूल र तरकारी कालीमाटीमा आइपुग्ने गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यो परिमाण केही बढेको भए पनि ताजा हरियो तरकारीको हिस्सा घटेको देखिएको समितिले जनाएको छ ।
श्रेष्ठका अनुसार, हिउँदे तरकारी बजारमा आइपुगेपछि मात्र मूल्यमा स्थिरता आउने अपेक्षा गरिएको छ । मौसमी चक्र, वर्षा–पहिरोको असर र आपूर्तिमा कमीले गर्दा अहिले बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: