Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दिनहुँ किन बढ्दैछ हरियो तरकारीको मूल्य ?

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्ला हप्ताहरूमा बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै गएको छ, जसले सर्वसाधारण उपभोक्ताको भान्छा खर्च अत्यधिक बढाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक वर्षको अवधिमा धेरै तरकारीको होलसेल मूल्यमा उल्लेख्य वृद्धि भएको छ । समितिका तथ्यांकअनुसार केही तरकारीमा त २०० प्रतिशतसम्म मूल्य बढेको छ ।

खुद्रा बजारमा कालीमाटीभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री भइरहेका छन् । उदाहरणका लागि, सिमीको मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँ, कन्ने च्याउ ३५० रुपैयाँ, र भिण्डी २०० रुपैयाँ पुगेको छ ।

कुन तरकारीमा कति वृद्धि ?

समितिको विवरणअनुसार भिण्डी र चिचिण्डोको मूल्य अघिल्लो वर्षको तुलनामा करिब २०० प्रतिशतले बढेको छ ।  गत वर्ष कात्तिक १ मा भिण्डीको औसत मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो । अहिले त्यो १३५ रुपैयाँ पुगेको छ । चिचिण्डोको मूल्य पनि २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी, काउलीको मूल्य ११६ रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ, जुन ११४ प्रतिशतको वृद्धि हो ।

अन्य तरकारीको स्थिति

तोफू १७ प्रतिशतले बढेको छ भने जिरीको साग ३६ प्रतिशतले महँगो भएको छ । डल्ले च्याउ, तोरीको साग, फर्सी, तितेकरेला, रातो मुला, बरेला, र कन्ने च्याउलगायतका तरकारीमा पनि १० देखि ३० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

किन बढ्दैछ मूल्य ?

कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार मूल्य बढ्नुका प्रमुख कारण मौसमी परिवर्तन, आपूर्तिमा कमी, र प्राकृतिक प्रकोपको असर हुन् । उनले भने, “अहिले बर्खे तरकारीको सिजन सकिँदैछ, तर हिउँदे तरकारी अझै बजारमा आएको छैन । त्यसैले ताजा तरकारीको आपूर्ति घटेको छ ।”

साथै, हालैको वर्षा र बाढी–पहिरोले तरकारी खेतीमा क्षति पुर्‍याएको र त्यसको असर बजारमा देखिएको उनले बताए । भारतबाट आयात पनि घटेकाले आपूर्ति पक्ष कमजोर भएको र त्यसले मूल्य बढाएको श्रेष्ठको भनाइ छ ।

भण्डारण गर्न सकिने आलु, प्याजजस्ता तरकारीको मूल्य भने स्थिर छ । केही नयाँ आलुको मूल्य बढे पनि भारतीय आलु सस्तो रहेको श्रेष्ठले जानकारी दिए । हाल दैनिक ७०० देखि ८०० मेट्रिक टन फलफूल र तरकारी कालीमाटीमा आइपुग्ने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो परिमाण केही बढेको भए पनि ताजा हरियो तरकारीको हिस्सा घटेको देखिएको समितिले जनाएको छ ।

श्रेष्ठका अनुसार, हिउँदे तरकारी बजारमा आइपुगेपछि मात्र मूल्यमा स्थिरता आउने अपेक्षा गरिएको छ । मौसमी चक्र, वर्षा–पहिरोको असर र आपूर्तिमा कमीले गर्दा अहिले बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending