Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रौतहटका नौ स्थानीय तहको आर्थिक कारोबार बन्द

खबरडबली संवाददाता

रौतहट  । रौतहटका  नौ  वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको हो ।

रौतहटका १८ वटा स्थानीय तहमध्ये चालु आर्थिक वर्षमा हालसम्म पाँच वटा स्थानीय तहमा मात्र दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । निमित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा रहेका रौतहटका १३ वटा स्थानिय तहमा प्रथम त्रैमासिकका लागि मात्र आर्थिक कारोबार सुचारु गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते महालेखा नियन्त्रक कार्यालयलाइ जानकारी गराएको थियो ।

देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका लागि सभा नै हुन् सकेको छैन भने गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा खाता सञ्चालन हुन सकेको छैन ।

राजदेवी नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ३१ गते शुक्रबार पुनः निमित प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

वृन्दावन नगरपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भए पनि यहाँ बाट रमाना लिन नमानेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले वृन्दावन नगरपालिकाको सम्पूर्ण खाता निष्क्रिय पारी दिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले  जनाएको छ ।

मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृतलाई पहिलो त्रैमासिकमा मात्र खर्चको अख्तियारी दिएको हुनाले पहिलो त्रैमासिकको अन्तिम दिन असोज ३१ गते शुक्रबार राति १० बजे नौ वटा स्थानीय तहको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिए ।

दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, चन्द्रपुर नगरपालिका, यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाको यथाबत रुपमा खाता सञ्चालन रहेको उनले बताए । 

निमितलाई पुनः आर्थिक अख्तियारी दिने वा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्ने  निक्र्यौल  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरे पछि सुत्र लक गरिएका स्थानीय तहको खाता सञ्चालन हुने प्रमुख कोष नियन्त्रक गौतमले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending