काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफ्नै अध्यक्ष केपी शर्मा ओलीमाथि खुलेर प्रश्न उठाइन् । उनले भनिन् “जेन–जी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने ?”
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्तावमाथि धारणा राख्दै उनले ओलीको भाषणमा बारम्बार दोहोरिने “विदेशी शक्ति” र “प्रतिक्रान्तिको षड्यन्त्र” भन्ने कथनलाई पनि प्रश्नचिह्न लगाइन्।
‘कुन विदेशी शक्ति ? किटान गर्न सकिन्छ ?’ उनी ठाडो भनिन्। “अध्यक्षले भन्नुभयो, पार्टीविरुद्ध विदेशी शक्ति लागेको छ,” उनले भनिन्, “तर कुन–कुन वैदेशिक निकाय हुन् ? के हामी तिनलाई किटान गर्न सक्छौं ? के कुनै दूतावासका अधिकारीहरूलाई बोलाएर सोध्न सक्छौं ?”
तिम्सेनाको प्रश्न केवल आलोचना थिएन, यो पार्टीभित्रैको आत्मसमीक्षा जस्तो लाग्थ्यो । जहाँ नेतृ एक्कासि आफ्नै शीर्ष नेतृत्वसँग जवाफ माग्दै थिइन्।
‘भर्खरै स–साना नानीहरूको कत्लेआम भयो…’ उनको स्वर त्यतिमै रोकिएन। जेन–जी आन्दोलनका ती दुःखद क्षण सम्झँदै उनले भनिन् “भर्खरै स–साना नानीहरूको कत्लेआम भयो, खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । अब यसको नैतिक जिम्मा कसले लिने ? गोली चलाउने हवलदारले ? कि प्रहरी प्रमुखले ? वा तत्कालीन राजनीतिक प्राधिकारले ?”
यो प्रश्नमा केवल भावनात्मक आक्रोश थिएन, थियो राजनीतिक नैतिकताको मुद्दा। ‘पार्टीको पुस्तान्तरण टार्न मिल्दैन’ तिम्सेनाले २०७९ को निर्वाचनपछि पार्टीभित्र उठेको एउटा बहस स्मरण गरिन् । “सक्किने कि सच्चिने ?” त्यो बहस, उनका अनुसार, अहिले फेरि फर्किएको छ। उनले भनिन्, “आज, जेन–जी आन्दोलनपछि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न उठेको छ। यो आन्दोलनले एउटा सन्देश दिएको छ । पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले अब बिदा लिनुपर्छ। त्यो मागलाई अनदेखा गर्न सकिँदैन।”
ओलीको दम्भ र नयाँ पुस्ताको प्रश्न
उषाकिरणको भाषण केवल आलोचना थिएन, यो पुस्तान्तरणको चेतावनी पनि थियो। उनका प्रश्नहरू ओलीको अहंकारतर्फ निर्देशित देखिन्थे । जसले आफ्नो नेतृत्वभन्दा बाहिरको सम्भावनालाई अझै पनि स्वीकार्न तयार देखिँदैन।
तर अब एमालेभित्रैबाट उठेका यी स्वरहरूले के संकेत गर्छन् ? के यो ओलीपछिको युगको ढोका बिस्तारै खुल्दैछ ? कि यो केवल भित्री असन्तुष्टिको छायाँ हो ? एक वाक्यमा : प्रश्नले चर्काएको नेतृत्वको मौनता उषाकिरणको सोधाइसँगै एमालेभित्र नयाँ प्रकारको बहस सुरु भएको छ ।
नेतृत्वको नैतिकता र जिम्मेवारीको बहस। यो बहसले ओलीको राजनीतिक प्रस्तावभन्दा पनि बढी हलचल ल्याएको छ। किनकि अब प्रश्न सिधा छ “विदेशी षड्यन्त्रभन्दा ठूलो षड्यन्त्र त मौन नेतृत्वकै होइन ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न
पौष १८ गते, २०८२ - ११:२३
काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...
पौष १८ गते, २०८२ - ११:१९
काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...




प्रतिकृया लेख्नुहोस्: