काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफ्नै अध्यक्ष केपी शर्मा ओलीमाथि खुलेर प्रश्न उठाइन् । उनले भनिन् “जेन–जी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने ?”
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्तावमाथि धारणा राख्दै उनले ओलीको भाषणमा बारम्बार दोहोरिने “विदेशी शक्ति” र “प्रतिक्रान्तिको षड्यन्त्र” भन्ने कथनलाई पनि प्रश्नचिह्न लगाइन्।
‘कुन विदेशी शक्ति ? किटान गर्न सकिन्छ ?’ उनी ठाडो भनिन्। “अध्यक्षले भन्नुभयो, पार्टीविरुद्ध विदेशी शक्ति लागेको छ,” उनले भनिन्, “तर कुन–कुन वैदेशिक निकाय हुन् ? के हामी तिनलाई किटान गर्न सक्छौं ? के कुनै दूतावासका अधिकारीहरूलाई बोलाएर सोध्न सक्छौं ?”
तिम्सेनाको प्रश्न केवल आलोचना थिएन, यो पार्टीभित्रैको आत्मसमीक्षा जस्तो लाग्थ्यो । जहाँ नेतृ एक्कासि आफ्नै शीर्ष नेतृत्वसँग जवाफ माग्दै थिइन्।
‘भर्खरै स–साना नानीहरूको कत्लेआम भयो…’ उनको स्वर त्यतिमै रोकिएन। जेन–जी आन्दोलनका ती दुःखद क्षण सम्झँदै उनले भनिन् “भर्खरै स–साना नानीहरूको कत्लेआम भयो, खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । अब यसको नैतिक जिम्मा कसले लिने ? गोली चलाउने हवलदारले ? कि प्रहरी प्रमुखले ? वा तत्कालीन राजनीतिक प्राधिकारले ?”
यो प्रश्नमा केवल भावनात्मक आक्रोश थिएन, थियो राजनीतिक नैतिकताको मुद्दा। ‘पार्टीको पुस्तान्तरण टार्न मिल्दैन’ तिम्सेनाले २०७९ को निर्वाचनपछि पार्टीभित्र उठेको एउटा बहस स्मरण गरिन् । “सक्किने कि सच्चिने ?” त्यो बहस, उनका अनुसार, अहिले फेरि फर्किएको छ। उनले भनिन्, “आज, जेन–जी आन्दोलनपछि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न उठेको छ। यो आन्दोलनले एउटा सन्देश दिएको छ । पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले अब बिदा लिनुपर्छ। त्यो मागलाई अनदेखा गर्न सकिँदैन।”
ओलीको दम्भ र नयाँ पुस्ताको प्रश्न
उषाकिरणको भाषण केवल आलोचना थिएन, यो पुस्तान्तरणको चेतावनी पनि थियो। उनका प्रश्नहरू ओलीको अहंकारतर्फ निर्देशित देखिन्थे । जसले आफ्नो नेतृत्वभन्दा बाहिरको सम्भावनालाई अझै पनि स्वीकार्न तयार देखिँदैन।
तर अब एमालेभित्रैबाट उठेका यी स्वरहरूले के संकेत गर्छन् ? के यो ओलीपछिको युगको ढोका बिस्तारै खुल्दैछ ? कि यो केवल भित्री असन्तुष्टिको छायाँ हो ? एक वाक्यमा : प्रश्नले चर्काएको नेतृत्वको मौनता उषाकिरणको सोधाइसँगै एमालेभित्र नयाँ प्रकारको बहस सुरु भएको छ ।
नेतृत्वको नैतिकता र जिम्मेवारीको बहस। यो बहसले ओलीको राजनीतिक प्रस्तावभन्दा पनि बढी हलचल ल्याएको छ। किनकि अब प्रश्न सिधा छ “विदेशी षड्यन्त्रभन्दा ठूलो षड्यन्त्र त मौन नेतृत्वकै होइन ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: