Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

७० लाख करदाताले लिए स्थायी लेखा नम्बर

खबरडबली संवाददाता

काठमाडौं । ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलकाअनुसार एक वर्षमै ठूलो संख्यामा करदाता थपिएका छन् ।   २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो संख्या ६९ लाख ९९ हजार पुगेको छ । 

२०८२ असारसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ५१ हजार र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २५ हजार पुगेको छ ।  यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरू बढेका छन् ।  

आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १२ खर्ब ८४ अर्ब रुपैयाँ कर राजस्व संकलन गरेको छ । यसमा भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ संकलन भएको छ । गत वर्ष सरकारको कुल राजस्व संकलन १४ खर्ब १० अर्ब रुपैयाँ रहेकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजस्वबाट आएको थियो । करदाताको संख्या र कर राजस्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

यद्यपी जेनजी आन्दोलनका कारण पछिल्ला दिनहरुमा राजस्व संकलन सरकारले लक्ष्य अनुसार उठाउन सकिरहेको छैन । जस कारण सरकारलाई आगामी दिनमा लक्ष्य भेट्न थप कठिन हुने देखिएको छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उद्योग, व्यापार र व्यवसाय प्रभावित भएकालाई सरकारले कर छुट र सहुलियत दिने बताइसकेको छ । आन्तरिक राजश्व विभागका अनुसार आन्दोलनका कारण उत्पादन र व्यापारमा परेको असरलाई मध्यनजर गर्दै कर छुट र अन्य सहुलियतको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्वीकृत गरेका उत्पादन र सेवामा खर्च घटाउने तथा कर छुट दिने व्यवस्था गरिएको छ । 

यस्तै जेनजी आन्दोलनका कारण असामान्य रूपमा प्रभावित उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानका मौज्दातमा भएको क्षति वा घाटालाई राहतका रूपमा कर छुट दिइनेछ । त्यसका लागि प्रभावित व्यवसायहरूले आफ्नो क्षतिको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराउनुपर्ने छ ।  राजस्व विभागका अनुसार, यस्तो व्यवस्था मार्फत आन्दोलन र अन्य असामान्य परिस्थितिबाट प्रभावित व्यवसायहरूलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ । 

‘कुनै व्यक्तिले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनः निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने, जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्का सहितको मूल्यांकनका आधारमा सम्बन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी सक्ने सुविधा उपलब्ध गराएकोले सो व्यवस्थाको उपयोग गर्न सबै करदाता तथा सरोकारवालालाई यसै सूचना मार्फत जानकारी गराइएको छ’ विभागको हालै जारी गरेको सूचनामा भनिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending