सुर्खेत । जुम्लाबाट चालु सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ। यो तथ्याङ्क भदौ र असोज महिनाको मात्रै हो। तर गत वर्षको तुलनामा यस वर्ष स्याउ निर्यात घटेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
गत वर्ष सोही अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भएकोमा यो वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा सीमित भएको हो। कृषि कार्यालयका अनुसार असिनाले उत्पादनमा ठुलो असर पुर्याएको छ। यसले करिब १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ।
अहिलेसम्मको विवरणअनुसार जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत वर्ष भने १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। कृषि कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार असिना र मौसमीय असरका कारण उत्पादन घटेपनि, स्याउको मूल्य बढेकाले किसानलाई केही राहत मिलेको छ।
गत वर्ष प्रतिमेट्रिक टन स्याउको औसत मूल्य ६५ हजार ४०० रुपैयाँ थियो भने यो वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ — प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म बढी।
कृषि विकास कार्यालयले कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँसम्मको स्याउ निर्यात हुने अनुमान गरेको छ।
स्याउ खेतीतर्फ बढ्दो आकर्षण
जुम्ला स्याउ उत्पादनका लागि देशभर चर्चित जिल्ला हो। अघिल्लो आर्थिक वर्षमा स्याउ खेतीको क्षेत्रफल ४ हजार ३२५ हेक्टर रहेकामा यो वर्ष बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र पनि १२५ हेक्टरले बढेको कार्यालयले जनाएको छ।
जुम्लामा स्याउ खेतीमा संलग्न घरधुरीको संख्या पनि बढ्दैछ। हाल कुल २४ हजार ८३८ घरधुरीमध्ये करिब ७७.५ प्रतिशत (१९ हजार २५८ घरधुरी) स्याउ खेतीमा संलग्न छन्।
त्यस्तै, स्याउ वितरण र बिक्रीमा सक्रिय कृषकको संख्या पनि क्रमशः बढिरहेको छ। हाल ७ हजारभन्दा बढी किसान स्याउको व्यापारीकरणमा संलग्न छन्।
नयाँ जात र आधुनिक प्रविधितर्फ किसानको ध्यान
हाल जुम्लाका कृषकहरूले रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड रिचर्ड, र जोनाथन जातका स्याउ उत्पादन गरिरहेका छन्। त्यसैगरी फुजी र गाला जस्ता उन्नत जातको उत्पादन पनि विस्तार भइरहेको छ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले स्टार क्रिमसन डेलिसियस, ब्राइट एन्ड अर्ली, र स्टार्क स्पर गोल्डेन जस्ता नयाँ जात सिफारिस गरेको छ। यी जातहरूले उत्पादन र बजार मूल्य दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमा कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत
देशभरको कुल स्याउ उत्पादनमध्ये ४१.२ प्रतिशत हिस्सा कर्णाली प्रदेशको रहेको छ। जुम्ला, कालिकोट र मुगु जिल्लामा स्याउ खेती स्थानीय अर्थतन्त्रको मुख्य आधार बनेको छ।
जुम्लामा स्याउ खेतीको सुरुवात २०२४ सालमा बागवानी फार्म स्थापनासँगै भएको हो। त्यसयता स्याउ खेती विस्तार हुँदै गएको छ। २०६४/०६५ मा कर्णाली राजमार्ग निर्माण भएपछि जुम्ला स्याउको बजार पहुँच सहज बनेको र सुर्खेत हुँदै काठमाडौं, पोखरा, बुटवल, चितवन, धरान र धनगढीका बजारसम्म आपूर्ति हुन थालेको छ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ देखि जुम्लालाई “स्याउ सुपर जोन” को रूपमा घोषणा गरी स्याउ खेती आधुनिकीकरणको अभियान अघि बढाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: