सुर्खेत । जुम्लाबाट चालु सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ। यो तथ्याङ्क भदौ र असोज महिनाको मात्रै हो। तर गत वर्षको तुलनामा यस वर्ष स्याउ निर्यात घटेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
गत वर्ष सोही अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भएकोमा यो वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा सीमित भएको हो। कृषि कार्यालयका अनुसार असिनाले उत्पादनमा ठुलो असर पुर्याएको छ। यसले करिब १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ।
अहिलेसम्मको विवरणअनुसार जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत वर्ष भने १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। कृषि कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार असिना र मौसमीय असरका कारण उत्पादन घटेपनि, स्याउको मूल्य बढेकाले किसानलाई केही राहत मिलेको छ।
गत वर्ष प्रतिमेट्रिक टन स्याउको औसत मूल्य ६५ हजार ४०० रुपैयाँ थियो भने यो वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ — प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म बढी।
कृषि विकास कार्यालयले कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँसम्मको स्याउ निर्यात हुने अनुमान गरेको छ।
स्याउ खेतीतर्फ बढ्दो आकर्षण
जुम्ला स्याउ उत्पादनका लागि देशभर चर्चित जिल्ला हो। अघिल्लो आर्थिक वर्षमा स्याउ खेतीको क्षेत्रफल ४ हजार ३२५ हेक्टर रहेकामा यो वर्ष बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र पनि १२५ हेक्टरले बढेको कार्यालयले जनाएको छ।
जुम्लामा स्याउ खेतीमा संलग्न घरधुरीको संख्या पनि बढ्दैछ। हाल कुल २४ हजार ८३८ घरधुरीमध्ये करिब ७७.५ प्रतिशत (१९ हजार २५८ घरधुरी) स्याउ खेतीमा संलग्न छन्।
त्यस्तै, स्याउ वितरण र बिक्रीमा सक्रिय कृषकको संख्या पनि क्रमशः बढिरहेको छ। हाल ७ हजारभन्दा बढी किसान स्याउको व्यापारीकरणमा संलग्न छन्।
नयाँ जात र आधुनिक प्रविधितर्फ किसानको ध्यान
हाल जुम्लाका कृषकहरूले रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड रिचर्ड, र जोनाथन जातका स्याउ उत्पादन गरिरहेका छन्। त्यसैगरी फुजी र गाला जस्ता उन्नत जातको उत्पादन पनि विस्तार भइरहेको छ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले स्टार क्रिमसन डेलिसियस, ब्राइट एन्ड अर्ली, र स्टार्क स्पर गोल्डेन जस्ता नयाँ जात सिफारिस गरेको छ। यी जातहरूले उत्पादन र बजार मूल्य दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमा कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत
देशभरको कुल स्याउ उत्पादनमध्ये ४१.२ प्रतिशत हिस्सा कर्णाली प्रदेशको रहेको छ। जुम्ला, कालिकोट र मुगु जिल्लामा स्याउ खेती स्थानीय अर्थतन्त्रको मुख्य आधार बनेको छ।
जुम्लामा स्याउ खेतीको सुरुवात २०२४ सालमा बागवानी फार्म स्थापनासँगै भएको हो। त्यसयता स्याउ खेती विस्तार हुँदै गएको छ। २०६४/०६५ मा कर्णाली राजमार्ग निर्माण भएपछि जुम्ला स्याउको बजार पहुँच सहज बनेको र सुर्खेत हुँदै काठमाडौं, पोखरा, बुटवल, चितवन, धरान र धनगढीका बजारसम्म आपूर्ति हुन थालेको छ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ देखि जुम्लालाई “स्याउ सुपर जोन” को रूपमा घोषणा गरी स्याउ खेती आधुनिकीकरणको अभियान अघि बढाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: