इलाम। यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ । गाउँपालिकाको भवनभन्दा माथिबाट पहिरो पालिकाको झ्यालबाट भित्र पस्दा एक करोड बराबरको क्षति भएको हो ।
लेदोसहितको पहिरोले गाउँपालिकाका प्राय: सबै कोठा पुरिएको गाउँपालिकाका विपद् फोकल पर्सन गोकुल संजेलले जानकारी दिए। उनका अनुसार पालिकाभित्र रहेको प्राविधिक शाखा र लेखा शाखामा पूरै क्षति गरेको छ । अन्य शाखा समेत लेदोसहितको पहिरोले पुरिएको छ ।
पहिरोले पालिकाभित्र रहेका सबै फाइल नष्ट भएका छन् भने एक दर्जनभन्दा बढी ल्यापटप, कम्प्युटर, दराज, टेबल, कुर्सी, कार्पेट आदिको क्षति भएको छ ।
पालिकाभित्रको लेदो हटाउन नेपाली सेना र सशस्त्र प्रहरीले कोशिस गरे पनि सम्भव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए।
पालिकाभित्रको माटो निकाल्न पर्याप्त जनशक्ति नहुँदा अझै तीनरचार दिन लाग्ने भएको छ । विपदको समयमा कार्याल भित्र पस्नेसम्म अवस्था नभएपछि पालिकालाई काम गर्न समस्या भएको छ । फोकल पर्सन संजेलले भने, ‘‘पालिकाभित्र पस्ने अवस्था छैन, बाहिरै बसेर काम गर्नुपर्ने अवस्था छ ।’’
पालिकामा भएको क्षतिबारे इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालसहित सुरक्षा प्रमुखहरुले अनुगमन तथा निरीक्षण गरेको छन् ।
बाढीपहिरोले माइजोगमाई ६ प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो । यस्तै पालिक भित्र ४७ घरपरिवार पूर्ण रुपमा र ८० घरपरिवारको आंशिक क्षति भएको कार्यालयले जनाएको छ ।
बाढीले पालिकाभित्र रहेका रुलुक, अर्चले पुल, जोगमाई खोला बेलीब्रिज बगाएको छ भने माइखोला बज्रदेवीको पक्की पुलको एक भागमा क्षति गरेको छ ।
गाउँपालिकामा बसेको सर्वदलीय बैठकले गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको संयोजकत्वमा राहत वितरण समन्वय समिति गठन गरेको छ ।
बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपका कारण पुग्न गएको भौतिक तथा मानवीय क्षतिपछि विभिन्न दातृ संस्था, निकाय तथा व्यक्तिबाट गाउँपालिकामा प्राप्त भएका राहत, जिन्सी सामग्री वितरणका लागि स्थानीय राजनीति दल र सरोकारवाला सम्मिलित पालिका स्तरीय विपद् राहत वितरण तथा उद्धार समन्वय समिति गठन गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका सबै ठाउँमा बाढी पहिरोले क्षति गरेका कारण भएका स्रोत साधन प्रयोग गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए। उनले राहत वितरणसँगै पीडितको पुन:स्थापनाका लागि सबैसँग समन्य भइरहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: