पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’का अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा दिउँसो २ बजे बस्दैछ । शनिबार सम्पन्न स्थायी समिति बैठकले आजको बैठकका एजेन्डा तय गरेको हो ।
विरहीका अनुसार बैठकमा जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक अवस्था, वामपन्थी एकता र विशेष महाधिवेशनको तयारीबारे मुख्य छलफल हुनेछ ।
उनले भने, “विचार मिल्ने सबै वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरणका लागि एजेन्डा तय गरिएको छ । पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै बैठकले नयाँ रणनीति तय गर्नेछ ।”
महासचिव विप्लवले असोज दोस्रो सातामा काठमाडौं भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी सम्भावित वाम एकताबारे छलफल गरेका थिए ।
यसअघि नेकपाको केन्द्रीय समिति बैठक भदौ २३ देखि २६ गतेसम्म बसेको थियो, जसले आगामी फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिदृश्यका कारण पार्टीले एक महिनामै आकस्मिक बैठक बोलाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - २०:०९
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...
माघ २० गते, २०८२ - २०:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ। रेमिट्यान्स: चालू आवको पहिल...
माघ २० गते, २०८२ - १९:५७
पाेखरा । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरे...
माघ २० गते, २०८२ - १९:५७
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा आइपुगेक...
माघ २० गते, २०८२ - १९:५३
चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं समूह र प्रहरीले झडप भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुग्ने मौखिक अन...
माघ २० गते, २०८२ - १९:४६
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका २१ मतदान स्थललाई ‘अति संवेदनशील’ रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक...
माघ २० गते, २०८२ - १९:४४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगक...
माघ २० गते, २०८२ - १९:३१
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकालले नेकपा एमालेको प्रचार गीतमा नाचेको भिडियो क्लिप सार्वजनिक भएपछि माफी मागेकी छन्। गीत अझै रिलिज भइसकेको छैन,...
माघ २० गते, २०८२ - १८:२०
अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाच...
माघ २० गते, २०८२ - १८:०९
काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाका हुँदै सामान ढुवानी गर्ने औपचारिक द्विपक्षीय समझदारी छ। कन्टेनर चीनबाट आउँछन्, सामान नेपाल भित्रिन्छ। तर ...



प्रतिकृया लेख्नुहोस्: