अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा यस पटकको चुनाव विशेष बनेको छ, किनकि पछिल्ला चार निर्वाचनमा लगातार विजयी हुँदै आएका टोपबहादुर रायमाझी प्रतिस्पर्धामा छैनन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी ३३ महिनादेखि हिरासत र कारागारमा छन्। २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका रायमाझीको अनुपस्थितिले यस पटक जिल्लाको चुनावी समीकरण फेरिएको छ।
यस पटक नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेले पीताम्बर भुसाललाई उम्मेदवार बनाएको छ। दुई कार्यकाल जिल्ला अध्यक्ष रहेका भुसाल २०७९ को निर्वाचनमा चुनावी कमान्डर थिए। स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भुसाललाई एमालेभित्र कुशल संगठकका रूपमा चिनिन्छ।
नेपाली कांग्रेसले विष्णुप्रसाद खनाल ‘मुस्कान’लाई उम्मेदवार बनाएको छ। कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका मुस्कान पूर्व जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेश सहमहामन्त्री हुन्। शिक्षक पेशा छाडेर राजनीतिमा होमिएका उनी लामो समयदेखि जिल्लाको संगठनमा सक्रिय छन्।
रास्वपाले हरि प्रसाद भुसाललाई उम्मेदवार बनाएको छ। २०७९ को निर्वाचनमा पनि उम्मेदवार बनेका भुसालले ३ हजार ५ सय मत प्राप्त गरेका थिए। व्यवसायीसमेत रहेका उनी अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव हुन्।
नेकपाबाट रामबहादुर चौहान उम्मेदवार बनेका छन्। एमाले विद्यार्थी राजनीतिबाट सुरु गरेका चौहान पार्टी विभाजनपछि एकीकृत समाजवादी हुँदै हाल नेकपामा सक्रिय छन्। विभिन्न सामाजिक र संस्थागत भूमिकामा काम गरेको अनुभव उनको पक्षमा देखिन्छ।
अर्घाखाँचीको चुनावी इतिहास हेर्दा बहुदल स्थापनापछि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले समान रूपमा दुई–दुई पटक निर्वाचन जितेका छन्। तर पछिल्ला चार निर्वाचन भने रायमाझीले जित्दै आएका थिए।
२०७९ सालको निर्वाचनमा रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी थिइन्। अन्तर मात्र १ हजार ७३० थियो। तर समानुपातिकतर्फ एमालेले कांग्रेसभन्दा करिब साढे १० हजार बढी मत पाएको थियो।
गत स्थानीय तह निर्वाचनमा ६ पालिका र ६१ वडामध्ये एमालेले ३ प्रमुख, ५ उपप्रमुख र ३१ वडा अध्यक्ष जितेको छ भने कांग्रेसले २ प्रमुख र २३ वडा अध्यक्ष जितेको छ। अन्य दलको उपस्थिति सीमित छ।
जिल्लामा १ सय २ मतदान स्थल, २ सय ९ मतदान केन्द्र र १ लाख ७१ हजार ६ सय ५२ मतदाता छन्।
रायमाझीको अनुपस्थितिमा पहिलो पटक अर्घाखाँचीका मतदाता नयाँ अनुहारबीचबाट प्रतिनिधि छान्ने अवस्थामा पुगेका छन्। मुख्य दलहरू आफ्नो संगठनात्मक बल र पुरानो मत जोगाउने रणनीतिमा छन् भने रास्वपाले मत परिवर्तनको नारासहित अभियान चलाइरहेको छ।
यस पटक अर्घाखाँचीमा चुनाव व्यक्तिभन्दा बढी संगठन, पुरानो आधार र मत सर्ने–नसर्ने गणितमा निर्भर देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: