Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

खरानीमाथि न्याय खोज्दै कांग्रेस : अदालतले संसदलाई जीवन दिन सक्ला ?

जेन–जी आन्दोलनपछि न्यायपालिका र चुनावी तयारीमाथि कांग्रेसकाे प्रश्न

मनोज भट्टराई

 काठमाडौं । नेपालको राजनीतिक परिवेश फेरि एकपटक अनिश्चितताको चक्रमा फँसेको छ । जेन–जी आन्दोलनले राज्यका तीनै अंगलाई हल्लाएपछि, नेपाली कांग्रेसभित्र अब संसद पुनर्स्थापनाबारे उठेका प्रश्नहरूले नयाँ बहस जन्माएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूबीच मुख्य चर्चा यही विषयमा केन्द्रीत रह्यो । “खरानीमाथि अदालत छ, संसद पुनर्स्थापना फैसला कसरी दिन्छ ?”

अदालत र संविधान दुबै कमजोर अवस्थामाः सिटौला 

नेता कृष्णप्रसाद सिटौलाले बैठकमा बोल्दै सर्वोच्च अदालतको संरचना र मनोबल दुवै कमजोर अवस्थामा पुगेको बताए ।  “आजको अवस्था यस्तो छ कि न्यायाधीशहरू नै फैसला गर्ने अवस्थामा छैनन्,” सिटौलाको भनाइ बैठकमा सहभागी एक पदाधिकारीले उद्धृत गरे। उनका अनुसार, अहिलेको परिस्थितिमा अदालत पुनः संसद पुनर्स्थापनाको पक्षमा निर्णय दिनसक्ने सम्भावना न्यून छ।

सिटौलाले आगामी निर्वाचन मिति (२१ फागुन) मा समेत शंका व्यक्त गरे। “मलाई निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन,” उनले भनेका थिए, “तर जनतामाझ पुग्ने अवसर चाहिँ लिनुपर्छ।”

सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेलको हालको भूमिका प्रति पनि असन्तुष्टि व्यक्त गरे । उनको भनाइ थियो, “राष्ट्रपतिले संस्थागत हैसियतमा दलहरूलाई बोलाउने हो, तर अहिले व्यक्तिविशेषलाई लक्षित गरी गरिएको कदमले राष्ट्रपति कार्यालयको गरिमा घटाएको छ।”

भागेर होइन, निर्वाचनमै जानुपर्छः प्रकाशमान

सिटौलापछि बैठकमा बोलेका नेता प्रकाशमान सिंहले हालको सुशीला कार्की नेतृत्वको सरकारले ल्याएको निर्वाचन प्रस्तावमाथि असहमति जनाए पनि निर्वाचनबाट भाग्न नहुनेमा जोड दिए।

उनले भने, “बहालवाला प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावमा जानुपर्ने अवस्था आएको छ, तर यही संविधानले दिएको बाटो हो — त्यसैले जनता समक्ष जानैपर्छ।” तर सिंहले पार्टीभित्रको विभाजन र विशेष महाधिवेशनको हस्ताक्षर अभियानप्रति कडा आक्रोश पोखे।

उनको भनाइ थियो, “देश संकटमा छ, तर महामन्त्रीहरू भने महाधिवेशनको खेलमा छन् । सर्पले भ्यागुतो निल्न लाग्दा भ्यागुतोले बिच्छी समाउन खोजेजस्तो।”

नेतृ उमा रेग्मीले बैठकमा बोलेर पार्टीभित्रै रहेर जेन–जीको नाममा गतिविधि मच्चाउनेहरूलाई कारबाही गर्न माग गरिन्। “हामीसँगै बसेर जेन–जी हुँ भन्दै जेन–जीको नाम बेचेर उद्दण्ड मच्चाउनेहरूलाई खोज्ने कि नखोज्ने ?”  उनको प्रश्नले बैठक केही बेर  हाेहल्ला नै भयाे ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले पार्टीमाथिको आक्रमण लोकतान्त्रिक प्रणाली नै कमजोर पार्ने प्रयास भएको बताए।  उनले भने, “अहिले विभाजनको मानसिकतामा होइन, एकताको दिशामा जानुपर्छ। पार्टी फुट्यो भने लोकतन्त्र टिक्दैन।”

त्यसैगरी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार, २६ असोजदेखि बस्ने केन्द्रीय समिति बैठकमा तीन प्रमुख एजेन्डा हुनेछन्  । जसमा  नियमित महाधिवेशन, निर्वाचन तयारी र जेन–जी विद्रोहको विश्लेषण र आगामी बाटो रहने उनकाे भनाइ छ ।

बैठकमा प्रयोग गरिएको “खरानीमाथि अदालत” भन्ने वाक्यांश अब केवल रूपक होइन यो नेपालको न्यायपालिका, कार्यपालिका र विधायिकाको वास्तविक अवस्थाको प्रतीक बनिसकेको छ। जलेका इजलास, भागिएका न्यायाधीश र ध्वस्त राज्य संयन्त्रबीच, राजनीतिक दलहरू अझै पनि निर्वाचन र पुनर्स्थापनाको गणितमा अल्झिएका छन्।

तर बैठकमा एक नेताले अन्तिममा भनेझैँ  “संविधानको धुलो मेट्ने कुरा अदालतले होइन, अब जनताले गर्छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending