काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नयाँ पहिरो खस्दा सडक दिनभर पटक–पटक अवरुद्ध भयो भने जिल्ला प्रशासन कार्यालय चितवनले राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान साढे ७ बजे पहिलो पटक पहिरो खस्दा राजमार्ग बन्द भएको थियो। करिब पाँच घण्टापछि दिउँसो साढे १ बजे सडक सञ्चालनमा आए पनि दिउँसो ३ बजे पुनः पहिरो खस्यो। एक घण्टाको प्रयासपछि सडक खुलाइए पनि साँझ ६ बजे फेरि पहिरो खसेर आवागमन प्रभावित भयो।
कार्यालयका अनुसार यसअघि नियमित रूपमा पहिरो झर्ने स्थानभन्दा फरक क्षेत्रमा पहिरो सुरु भएकाले जोखिम अझ बढेको छ। यही कारण रातिको समयमा यात्रा नगर्न चालक तथा यात्रुलाई आग्रह गरिएको छ।
सोमबार पनि यही सडकखण्डमा १७ किलो क्षेत्रमा ठूलो ढुंगा खस्दा दुई घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो। त्यस्तै, सिमलताल र गाईघाट क्षेत्रमा पनि पहिरो र ढुंगा खस्दा यातायात प्रभावित बनेको थियो।
सडक डिभिजन कार्यालयले मुग्लिन–नारायणगढ सडकका दुई दर्जनभन्दा बढी स्थानलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। मौरी पुल, नाम्सी पुल, कालीखोला, तुइन पुल, जलवीरे, सिमलताल, गाईघाट, डुम्रे पुल र पाँचकिलो क्षेत्र सबैभन्दा संवेदनशील मानिएका छन्।
सडक विभागका अनुसार देशभर मनसुनजन्य अवरोध तत्काल हटाउन २ सय ७७ वटा डोजर, एक्स्काभेटर र अन्य उपकरण तयारी अवस्थामा राखिएका छन्। यस वर्ष पहिरो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै जोखिमयुक्त करिब ७० स्थानका लागि तीन अर्ब रुपैयाँ बजेटसमेत छुट्याइएको विभागले जनाएको छ।
काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य जीवनरेखा मानिने मुग्लिन–नारायणगढ सडकमा लगातार नयाँ–नयाँ स्थानबाट पहिरो खस्न थालेपछि मनसुनभर यात्रु र चालकलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: