काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको दाबी गरेका छन्। बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीलगायतमा आगो लगाएर ध्वस्त बनाउन राष्ट्रविरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन्।
‘प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिशत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेक होल्डर हुन्’, उनले लेखेका छन्, ‘हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’
शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै पाएको बर्तोलाको दाबी छ। त्यसैकारण फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाण रहँदारहँदै पनि कानूनी कारबाही नगर्न लिखित निर्देशन दिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: