Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निर्वाचनबारे कांग्रेस-एमाले अझै अनिर्णीत

खबरडबली संवाददाता

काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूले आगामी राजनीतिक ‘रोडम्याप’ बारे अझै साझा धारणा बनाउन सकेका छैनन् । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको एक महिना बित्न लाग्दा पनि प्रमुख दुई दल कांग्रेस र एमालेले निर्वाचनबारे नै निर्णय गरेका छैनन् । 

जेन–जी आन्दोलनले कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अघि बढाइसकेको छ ।

माओवादी, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाललगायत दलले निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । कांग्रेसभित्र निर्वाचनमा जानुपर्ने मत बलियो छ तर प्रतिनिधिसभा पुनःस्थापनामाथि समेत बहस चल्ने देखिएको छ । एमालेमा पनि निर्वाचनमा जानुपर्ने र प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने दुवै थरी मत छ ।

जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन कांग्रेस, एमाले र माओवादीले सहमति दिएका थिए । तर त्यसपछि उनीहरू प्रतिनिधिसभा विघटन, निर्वाचन र सरकारको कार्यशैलीका विषयमा विभाजित छन् ।

सरकारले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको विदेश भ्रमण रोक्का गरेको र अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान निषेध गरेको भन्दै एमालेले विरोध जनाइरहेको छ । ओली र लेखकलाई पक्राउ गर्न सरकारले कानुनी आधार खोजिरहेको छ । सरकारले राजनीतिक प्रतिशोध लिन खोजेको ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बुझाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस, एमाले, माओवादीसहितका सबै राजनीतिक दलका नेताहरूलाई अनौपचारिक भेटघाटमार्फत निर्वाचनमा जान सुझाइरहेका छन् । निर्वाचनमा नजाँदा व्यवस्था र संविधानमाथि नै संकट आउन सक्ने भन्दै पौडेलले सचेत गराइरहेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार राष्ट्रपति पौडेलसँग भेटघाट गरेका थिए । भेटमा पौडेलले निर्वाचनको विकल्प नसोच्न आग्रह गरेका थिए । कांग्रेस नेताहरूले भने निर्वाचनको ‘म्यान्डेट’ सहित बनेको सरकारले त्यसका लागि राजनीतिक वातावरण बनाउन नसकेको बताएका थिए ।

कांग्रेसमा अधिकांश नेता निर्वाचनतिरै जानुपर्ने पक्षमा छन् । तर निर्वाचन नहुने परिस्थिति निर्माण भए विकल्पमा संसद् पुनःस्थापना हुन सक्ने केही नेताहरूको भनाइ छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनःस्थापनाको एजेन्डा पार्टीले लिनुपर्ने मत राख्दै आएका छन् । केही दिनअघि सभापति देउवालाई समेत यसबारेमा उनले जानकारी गराएका थिए ।

‘गिरिजाप्रसाद कोइरालाको राजनीतिक छवि पनि धेरै खस्केको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘शाही कु’ पछि संसद् पुनःस्थापनाको एजेन्डा लिनुभयो र अन्ततः त्यो एजेन्डा सफल भयो, त्यसले गिरिजाप्रसादलाई राजनेताको उचाइमा पुर्‍यायो,’ उनले देउवालाई भनेका छन् ।

सिटौलाले केही दिनअघि सात पूर्वपदाधिकारीको बैठकमा समेत प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अघि बढाउनुपर्ने मत राखेका थिए । सिटौलाको प्रस्तावलाई नेता विमलेन्द्र निधिले भने ठाडै अस्वीकार गरेका थिए । उनले संसद् पुनःस्थापनातिर जाँदा संविधान, व्यवस्था र प्रणाली नै संकटमा पर्न सक्ने जोखिम रहेको भनाइ राखेका थिए । ‘म संसद् पुनःस्थापनाको पक्षमा छैन, अहिलेको व्यवस्था, प्रणाली र उपलब्धि जोगाउन पनि निर्वाचनको तयारीमा जुट्नुपर्छ,’ उनले भनेका थिए ।

देउवानिकट केन्द्रीय सदस्य श्याम घिमिरेले २६ असोजबाट हुने केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामाथि छलफल हुने बताए । ‘पहिलो प्राथमिकता त निर्वाचन नै हो । निर्वाचन हुन सकेन भने त्यसपछि के गर्ने भन्ने सवालमा संसद् पुनःस्थापनाकै एजेन्डा आउँछ,’ उनले भने, ‘अहिले निर्वाचन हुन्छ कि हुन्न भन्ने अनिश्चित छ । यस्तो बेला कांग्रेसले निर्वाचन र पुनःस्थापनाको मुद्दालाई सँगसँगै अघि बढाउनुपर्छ भन्नेमा छलफल भइरहेको छ ।’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन् । नेता शेखर कोइराला पनि निर्वाचनको पक्षमा उभिएका छन् । उनले नयाँ नेतृत्वमा पार्टी निर्वाचनमा जानुपर्ने बताएका छन् । कांग्रेस र एमाले यही महिनाभित्र बस्ने केन्द्रीय समिति बैठकबाट निर्वाचनबारे औपचारिक निर्णय गर्ने तयारीमा छन् । निर्वाचनमा जानेबारे कांग्रेस र एमालेका पूर्वसर्त पनि छन् । जस्तो– २३ र २४ भदौमा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन नआउँदै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीमाथि कारबाही अघि बढाउँदा ‘राजनीतिक प्रतिशोध’ हुने उनीहरूको तर्क छ ।

प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेस, एमाले, माओवादीलगायत आठ दलले त्यसलाई संविधानविपरीत भनी साझा भनाइ सार्वजनिक गरेका थिए । तर निर्वाचनप्रति माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल सकारात्मक देखिएका छन् । उनीहरूले निर्वाचनको वातावरण बनाउन भने सरकारलाई आग्रह गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending