Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेपाली बैज्ञानिक लुजेन्द्र ओझालाई अर्को सफलता

\"nasha_watter\"काठमाडाैं । नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझासहितको टोलीले मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भएको पत्ता लगाएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासामा आबद्ध नेपाली वैज्ञानिक ओझासहितको टोलीले मंगल ग्रहमा पानीका स्रोत रहेको र भौगोलिक रुपमा सक्रिय रहेको पक्ता लगाएको हो । यसअघि ओझासहितको टोलीले मंगल ग्रहमा पानी भएको पत्ता लगाएको थियो । अहिले वैज्ञानिकहरुले मंगल ग्रहमा गहिरो र तीव्र गतिमा बगेका पानीका श्रोत समेत पत्ता लगाएका हुन् ।

यो मंगल ग्रहमा जीवजन्तुको लागि उपयुक्त वातावरण भएको भन्ने दरिलो प्रमाण बन्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

नेपाली वैज्ञानिक ओझासहितका शोधकर्ताले नेचुरल जियोसाइन्स जनरलमा यो खोज प्रकाशित पनि गरिसकेका छन् । हिजो प्रकाशित भएको यस खोजबाट मंगल ग्रहमा मानवीय जीवनको संभावना बढेको निष्कर्ष निकालिएको छ । भविष्यमा मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रुहरु त्यहाँ सहज रुपले बस्न सक्छन् कि सक्दैनन् भन्ने बहस वैज्ञानिकहरुबीच चलिरहेको बेला यस्तो तथ्य बाहिर आएको हो ।

\"Mars

लामो समयदेखि मंगल ग्रहमा बगिरहेको पानीको श्रोत छ या छैन भन्ने खोजी गरिरहेका वैज्ञानिकहरुले अन्ततः यो सफलता हात पारेका हुन् । सन् २०२४ भित्र मंगल ग्रहमा मानवीय बस्ती बसाउने गरी बनिरहेको योजनालाई यसले थप बल पुर्याएको छ ।

मंगल ग्रहमा पानी भेटेका स्थानको नाम पनि नेपाली नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले यसअघि नै मंगल ग्रहमा पानीको श्रोत फेला पारेर ती ठाउँलाई नेपाली नाम दिएका थिए । उनले पत्ता लगाएका ठाँउको नाम जोमसोम, दिपायल, पोखरा, काठमाडौं, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो नाम राखेका छन् । उनले सन् २०११ मा नै मंगल ग्रहमा ११ स्थानमा पानी छ भनी सोधपत्र तयार पारेका थिए । उनकोे शोधपत्रको निष्कर्षलाई नासाले ११ जुलाई सन् २०११ मा नै पुष्टि गरेको थियो ।

कहाँ जन्मिएका थिए ओझा

डोटी महादेवस्थान,गाविस–२ मा जन्मिएका ओझा सन् २००८ मा अमेरिका जानु अगाडिसम्म काठमाडौंको म्हैपीमा बस्दै आएका थिए । ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययन गरेर उनी बाबुको पिएचडीसंगै अमेरिका गएका थिए । मंगलग्रहमा पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मूलका नागरिक लुजेन्द्रलाई दिइएको थियो ।

लुजेन्द्रलाई भारतीय नागरिक भन्न पछि परेन भारत नेपालमाथि पटक पटक धावा बोल्ने गरेको भारतले त्यसपछि ओझालाई भारतीय नागरिक भनि प्रचार–प्रसार गरेको थियो । तर ओझाले मंगल ग्रहमा फेला पारेका स्थानलाई नेपालका ठाँउ अनुसार नामाकरण गरेपछि भारतपछि हट्न बाध्य भएको थियो । भारतले नेपालमा पर्ने विश्वको सर्बोच्च शिखर सगरमाथा भारतमा पर्छ मात्रै भनेको छैन । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म पनि भारतमा नै भएको दाबी गर्ने गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending