Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाल संरक्षण कि गोपनीयता ?

खबरडबली संवाददाता

ब्रसेल्स । के बालबालिकाको सुरक्षाको नाममा निजी सन्देशहरूमा जासुसी गर्नु उचित हुन्छ ? अनलाइन बाल यौन दुर्व्यवहार सामग्रीविरुद्ध लड्ने प्रस्तावबारे निर्णय लिन जुटेको बेला युरोपेली सङ्घ (इयु) का सदस्य देशहरूले बुधबार यही संवेदनशील प्रश्नको सामना गर्न लागेका छन् ।

ब्रसेल्समा भएको बैठकले सन् २०२२ मेमा युरोपेली आयोगले अघि सारेको विधायी प्रस्तावको भाग्य टुङ्ग्याउने सम्भावना राख्छ । उक्त प्रस्तावले अनलाइन प्लेटफर्महरू र सन्देश सेवाहरूलाई बाल दुर्व्यवहारसँग सम्बन्धित तस्बिर, भिडियो र नाबालिगहरूसँग सम्पर्क गर्न खोज्ने प्रयासहरू पत्ता लगाई रिपोर्ट गर्न बाध्य पार्नेछ । यसलाई धेरै बाल संरक्षण समूहहरूले समर्थन गरेका छन् ।

तर इयुका आफ्नै डेटा संरक्षण अधिकारीहरू, कानून निर्माताहरू र जर्मनीजस्ता देशहरूले भने यसले गोपनीयताको अधिकारमा ‘असमान खतरा’ ल्याउने चेतावनी दिएका छन् । सिग्नल र ह्वाट्सएपजस्ता इन्क्रिप्टेड सन्देश सेवामा स्क्यानिङ प्रविधि प्रयोग हुने सम्भावनाले उनीहरू विशेष रूपमा चिन्तित छन् ।

जर्मन कार्यकर्ता तथा इयुका पूर्व सांसद प्याट्रिक ब्रेयरले भन्नुभयो, “यसले पत्राचारको गोपनीयताको अन्त्य गर्नेछ, जुन खबरदारी गर्नेहरूको सुरक्षाका लागि अत्यावश्यक छ ।” उहाँका अनुसार ठूलो चिन्ता भनेको यस्तो कानून अधिनायकवादी शासनहरूले राजनीतिक विरोधीहरूको निगरानीका लागि दुरुपयोग गर्न सक्ने खतरा हो ।

सन्देश सेवाहरूका सञ्चालकहरूले पनि प्रस्तावको कडा विरोध गर्दै यसलाई सामूहिक निगरानीको अभ्यास भनेका छन् ।

‘स्टप च्याट कन्ट्रोल’ नामक अभियानमार्फत विपक्षीहरूले इयु अधिकारीहरूमा दबाब सिर्जना गरिरहेका छन् । एक इयु कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा एएफपीलाई भने, “मैले यसअघि कुनै पनि प्रस्तावमा यति धेरै प्रतिक्रिया देखेको थिइनँ । हामी दैनिक हजारौँ इमेलहरू प्राप्त गरिरहेका छौँ ।”

हाल इयुको अध्यक्षता सम्हालेको र प्रस्तावको नयाँ मस्यौदा तयार पारेको डेनमार्कले भने आवश्यक सुरक्षा उपायहरू समावेश गरिएकोमा जोड दिएको छ । त्यसका अनुसार केवल छविहरू र लिङ्कहरू मात्र स्क्यान हुनेछन्, पाठ सन्देश होइन । साथै, स्वतन्त्र न्यायिक वा प्रशासनिक निकायको निर्णयपछि मात्र स्क्यानिङ प्रणाली सक्रिय गरिनेछ ।

“हामी स्पष्ट हुन चाहन्छौँ—यो प्रस्ताव अन्तर्गत अनलाइन सञ्चारको सामान्य अनुगमन हुँदैन, ‘च्याट कन्ट्रोल’ भन्ने कुरा हुनेछैन”, युरोपेली आयोगका प्रवक्ता मार्कस ल्यामर्टले भन्नुभयो, “यो त हाम्रा बालबालिकाहरूलाई अनलाइन हुँदै फैलिँदै गएको एक भयानक अपराधबाट जोगाउने प्रयास हो ।”

बेलायतस्थित इन्टरनेट वाच फाउन्डेसनको एक अध्ययनले गत वर्ष पत्ता लागेका बाल यौन दुर्व्यवहार सामग्रीमध्ये ६२ प्रतिशत युरोपभित्रका सर्भरहरूमा रहेको देखाएको छ । हालको कानूनी व्यवस्था अनुसार प्लेटफर्महरूले स्वेच्छिक रूपमा यस्ता सामग्री हटाउँछन्, तर आयोगका अनुसार यो पर्याप्त छैन ।

सन् २०२६ अप्रिलसम्म विद्यमान कानूनी ढाँचा कायम रहनेछ, तर नयाँ प्रस्ताव स्वीकृत भएमा त्यस्तो सामग्री पत्ता लगाउने काम अनिवार्य हुनेछ । अब निर्णयको केन्द्र जर्मनीमा पुगेको छ ।

यदि बर्लिनले प्रस्तावलाई समर्थन गर्‍यो भने यो इयुको योग्य बहुमत मतदान प्रणालीअन्तर्गत पारित हुन सक्नेछ र अर्को हप्ताको लक्जमबर्ग बैठकमा औपचारिक रूपमा स्वीकृत हुनेछ । तर यदि जर्मनी अनुपस्थित रह्यो वा विरोधमा रह्यो भने प्रस्ताव पुनः प्रारम्भिक चरणमा फर्किनेछ र यसको भविष्य अनिश्चित हुनेछ ।

वार्तामा संलग्न अधिकारीहरूले जर्मनीले केही घण्टाभित्रै आफ्नो अन्तिम धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending