Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

खबरडबली संवाददाता

काठमाडौं । विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । 

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका थिएनन् । केन्द्रीय कार्यसमिति बैठक नजिकिएकै बेला विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन थालिएपछि देउवाले राजनीतिक भेटघाट अघि बढाएका हुन् । 

‘विशेष महाधिवेशनमा जाँदा सम्मानजनक बहिर्गमन नहुने देखिएपछि देउवाले आफू निकटवर्तीसँग विभिन्न उपायमा छलफल गरिरहनुभएको छ,’ एक नेताले भने, ‘पार्टीभित्र एकता कायम पनि होस् भन्ने उहाँले चाहनुभएको छ ।’

ती नेताका अनुसार देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विश्वासमा लिन खोजिरहेका छन् । त्यसका लागि उनीहरूसँग बुधबार संयुक्त छलफल गर्ने योजना देउवाको छ । जेन–जी आन्दोलनपछि दुवै महामन्त्रीले सभापति देउवालाई तत्कालै कार्यवाहक सभापति तोक्न आग्रह गरेका थिए । देउवाले तत्काल नेतृत्व छाड्ने संकेत नदिएपछि महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा पार्टीका युवा नेताहरूले दसैं अगाडि नै विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर थालेका थिए ।

देउवानिकट एक नेताका अनुसार विशेष महाधिवेशन रोक्न मंसिर मसान्तभित्र सम्पन्न हुने गरी नियमित महाधिवेशन बोलाउने, तत्काल कार्यवाहक सभापति दिएर आफू नेतृत्वबाट बाहिरिने वा अहिलेको कार्यसमिति भंग गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने गरी तीन विकल्पमा छलफल भइरहेको छ । महामन्त्रीद्वयले विशेष वा नियमित जे भए पनि मंसिर भित्रै महाधिवेशन हुनुपर्ने अडान लिइरहेका छन् ।

महामन्त्री शर्माले अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी पुनर्गठनका लागि मंसिर मसान्तभित्रै नियमित महाधिवेशन सर्वोत्तम विकल्प हुने बताए । यसका लागि केन्द्रीय कार्यसमिति तयार नभए विशेष महाविधेशनमा जानुपर्ने उनको भनाइ छ । 

शर्माले केन्द्रीय कार्यसमिति बैठक अगाडि इच्छुक सबै प्रतिनिधिलाई हस्ताक्षर गरिसक्न आह्वान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २६ असोजलाई तोकिएको छ । ‘हस्ताक्षरसहित विशेष महाधिवेशनसम्बन्धी निवेदन केन्द्रीय कार्यसमितिमा दिने तयारी भइरहेको छ,’ शर्माले भने ।

केन्द्रीय कार्यसमिति बैठक अगाडि नै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको भन्दै संस्थापन पक्षका नेताहरू भने दुई महामन्त्रीप्रति असन्तुष्ट छन् । पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन बोलाउन प्रतिनिधिहरूको हस्ताक्षर गराएर पार्टी सभापतिलाई अपमानपूर्ण ढंगबाट हटाउन खोजिएको भन्दै आक्रोश पोखे ।

‘हामीले पनि पार्टी सुधार नहोस्, यस्तै अवस्थामा अघि बढ्नुपर्छ भनिरहेका छैनौं तर कसरी सुधार गर्ने र अहिलेको अवस्थामा कुन बाटो लिने भन्नबारेमा कार्यसमितिमा छलफल नगरी बाहिरबाहिरै हस्ताक्षर गराउनु भनेको संस्थागत मर्यादाभित्रको कुरा होइन,’ उनले भने, ‘सभापतिको के कुरा हुन्छ भन्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्न सकिन्थ्यो । त्यसपछि कसरी अघि बढ्ने, त्यहींबाट निर्णय लिन सकिन्थ्यो । धैर्य नगरी हाम्रो हातमा नेतृत्व आइहाल्नुपर्छ, त्यसपछि मात्रै सबै ठीक हुन्छ भन्नेजस्तो व्यवहार उहाँहरू (महामन्त्री) मा देखियो ।’ 

महतले सत्तामा हुँदा मिलेमतो गर्ने र अहिले सबै दोष सभापतिको टाउकामा मात्रै हाल्ने कार्य उचित नभएको पनि बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending