Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

खबरडबली संवाददाता

काठमाडौं । विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । 

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका थिएनन् । केन्द्रीय कार्यसमिति बैठक नजिकिएकै बेला विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन थालिएपछि देउवाले राजनीतिक भेटघाट अघि बढाएका हुन् । 

‘विशेष महाधिवेशनमा जाँदा सम्मानजनक बहिर्गमन नहुने देखिएपछि देउवाले आफू निकटवर्तीसँग विभिन्न उपायमा छलफल गरिरहनुभएको छ,’ एक नेताले भने, ‘पार्टीभित्र एकता कायम पनि होस् भन्ने उहाँले चाहनुभएको छ ।’

ती नेताका अनुसार देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विश्वासमा लिन खोजिरहेका छन् । त्यसका लागि उनीहरूसँग बुधबार संयुक्त छलफल गर्ने योजना देउवाको छ । जेन–जी आन्दोलनपछि दुवै महामन्त्रीले सभापति देउवालाई तत्कालै कार्यवाहक सभापति तोक्न आग्रह गरेका थिए । देउवाले तत्काल नेतृत्व छाड्ने संकेत नदिएपछि महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा पार्टीका युवा नेताहरूले दसैं अगाडि नै विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर थालेका थिए ।

देउवानिकट एक नेताका अनुसार विशेष महाधिवेशन रोक्न मंसिर मसान्तभित्र सम्पन्न हुने गरी नियमित महाधिवेशन बोलाउने, तत्काल कार्यवाहक सभापति दिएर आफू नेतृत्वबाट बाहिरिने वा अहिलेको कार्यसमिति भंग गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने गरी तीन विकल्पमा छलफल भइरहेको छ । महामन्त्रीद्वयले विशेष वा नियमित जे भए पनि मंसिर भित्रै महाधिवेशन हुनुपर्ने अडान लिइरहेका छन् ।

महामन्त्री शर्माले अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी पुनर्गठनका लागि मंसिर मसान्तभित्रै नियमित महाधिवेशन सर्वोत्तम विकल्प हुने बताए । यसका लागि केन्द्रीय कार्यसमिति तयार नभए विशेष महाविधेशनमा जानुपर्ने उनको भनाइ छ । 

शर्माले केन्द्रीय कार्यसमिति बैठक अगाडि इच्छुक सबै प्रतिनिधिलाई हस्ताक्षर गरिसक्न आह्वान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २६ असोजलाई तोकिएको छ । ‘हस्ताक्षरसहित विशेष महाधिवेशनसम्बन्धी निवेदन केन्द्रीय कार्यसमितिमा दिने तयारी भइरहेको छ,’ शर्माले भने ।

केन्द्रीय कार्यसमिति बैठक अगाडि नै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको भन्दै संस्थापन पक्षका नेताहरू भने दुई महामन्त्रीप्रति असन्तुष्ट छन् । पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन बोलाउन प्रतिनिधिहरूको हस्ताक्षर गराएर पार्टी सभापतिलाई अपमानपूर्ण ढंगबाट हटाउन खोजिएको भन्दै आक्रोश पोखे ।

‘हामीले पनि पार्टी सुधार नहोस्, यस्तै अवस्थामा अघि बढ्नुपर्छ भनिरहेका छैनौं तर कसरी सुधार गर्ने र अहिलेको अवस्थामा कुन बाटो लिने भन्नबारेमा कार्यसमितिमा छलफल नगरी बाहिरबाहिरै हस्ताक्षर गराउनु भनेको संस्थागत मर्यादाभित्रको कुरा होइन,’ उनले भने, ‘सभापतिको के कुरा हुन्छ भन्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्न सकिन्थ्यो । त्यसपछि कसरी अघि बढ्ने, त्यहींबाट निर्णय लिन सकिन्थ्यो । धैर्य नगरी हाम्रो हातमा नेतृत्व आइहाल्नुपर्छ, त्यसपछि मात्रै सबै ठीक हुन्छ भन्नेजस्तो व्यवहार उहाँहरू (महामन्त्री) मा देखियो ।’ 

महतले सत्तामा हुँदा मिलेमतो गर्ने र अहिले सबै दोष सभापतिको टाउकामा मात्रै हाल्ने कार्य उचित नभएको पनि बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending