काठमाडौं । राजधानीको मुख्य तरकारी बजार कालीमाटीमा फेरि मनोमानी मूल्यको समस्या बढेको छ । गोभेंडा प्रतिकिलो २० रुपैयाँ पाउने किसानले उपभोक्ताले बजारमा आएर १०० रुपैयाँमा किन्नुपरेको छ।
किसानका अनुसार उत्पादन लागतसमेत नउठ्ने गरी बिचौलियाले तरकारी सस्तोमा किनेर बजारमा पाँचगुणा मूल्यमा बिक्री गरिरहेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक दरसूची प्रकाशित गरे पनि त्यसको पालनामा कडाइ नभएको भन्दै उपभोक्तासमेत आक्रोशित भएका छन्।
किसानले २०–२५ रुपैयाँमा बेचेकाे गोभेंडा बजारमा ९०–१०० रुपैयाँमा पुग्दा आफुहरुले कहिल्यै पनि मूल्य नपाउने किसान जीवन महर्जनले बताए । उनले भने “फाइदा किसानले होइन, बिचौलियाले लिँदै आएका छन्।”
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार समितिको कमजोरी र आपूर्तिको सञ्जालमा पारदर्शिताको अभावले मूल्य नियन्त्रण असम्भव भएको हो। कालीमाटी समितिले दैनिक मूल्यसूची निकालेर औपचारिकता मात्र पूरा गर्छ, बजार अनुगमन भने शून्य रहेकाे एक उपभोक्ता अधिकारकर्मी भन्छन्। उनले भने “किसान र उपभोक्ता दुबै मारमा परिरहेका छन् तर राज्य मौन छ।”
बजार समितिका एक अधिकारीले भने माग र आपूर्तिको सन्तुलन बिग्रिएकाले केही वस्तुको मूल्य बढेको दाबी गरे । तर उपभोक्ताहरूको भनाइ भने फरक छ “कालीमाटीको मूल्य सधैं बिचौलियाको मनपरीले निर्धारण गर्छ, सरकारले कहिल्यै नियमन गर्दैन।”
बजार नियमनमा सरकारले ठोस कदम नचाले किसानहरू निरुत्साहित र उपभोक्ता निराश हुने चेतावनी विज्ञहरूले दिएका छन्।
तरकारी मूल्यमा यस्तो पाँचगुणा अन्तरले मूल्य शृङ्खला पारदर्शी बनाउनुपर्ने माग झन् बलियो बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: