काठमाडौं । निर्वाचन आयोगले कुनै संवादबिना फागुन २१ गतेको लागि निर्वाचन तालिका सार्वजनिक गरेपछि प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्। तर, उनीहरूले निर्वाचनमा भने भाग नछोड्ने स्पष्ट संकेत दिएका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन तयारीका सबै कार्यहरू समयबद्ध रूपमा अघि बढाउन तालिका स्वीकृत भएको बताएका थिए। आयोगले कात्तिक ३० भित्र नयाँ दल दर्ता गर्नेलाई समेत आगामी निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ।
संवादविनाको तालिका लोकतान्त्रिक अभ्यासविरुद्धः कांग्रेस
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आयोगले कुनै छलफल र परामर्शबिना तालिका सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए। उनले भने, “निर्वाचन बहुदलीय पद्धतिभित्रको प्रमुख अभ्यास हो। त्यसैले मिति घोषणा भइसकेपछि कार्यतालिका सार्वजनिक गर्नुअघि दलहरूसँग प्रारम्भिक छलफल हुनुपर्थ्यो। त्यो भएन।”
तर, उनले दलहरूले निर्वाचनबाट भाग नलिने बताए “संवाद नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ। संविधानलाई मार्गमा फर्काउने माध्यम यही निर्वाचन हो,” उनले जोड दिए।
राजनीतिक दललाई निषेध गरेर निर्वाचन सम्भव छैनः एमाले
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि सरकार र आयोगले कुनै संवाद नगरेको आरोप लगाए। “राजनीतिक दललाई निषेध गरेर निर्वाचनको परिकल्पना गर्नु दिवा सपना मात्रै हो,” उनले भने।
गौतमका अनुसार सरकार र आयोगको हालको भूमिकाले “निर्वाचन नगर्ने प्रयास भइरहेको” आशंका जन्माएको छ। उनले थपे, “शान्ति सुरक्षा सुनिश्चित नगरी र वातावरण नबनाई गरिएको तयारीले विश्वसनीयता गुमाएको छ।” पार्टीले यस विषयमा बैठक बोलाएर निर्णय लिने तयारी गरेको उनले बताए।
दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैनः माओवादी
माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले दलहरूसँग कुनै परामर्श नभएको बताए। “कार्यतालिका सार्वजनिक गर्नुअघि एकपटक छलफल भएको भए राम्रो हुन्थ्यो,” उनले भने।
उनका अनुसार माओवादीले भने निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ।
“दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैन। सबै पक्षसँग संवाद गरेर वातावरण बनाउनुपर्छ,” पौडेलले जोड दिए।
सरकार र आयोगले कुनै औपचारिक छलफल गरेनः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालले पनि आयोगले कार्यतालिका निकाल्दा दलहरूसँग कुनै छलफल नगरेको बताए। “हामीसँग न आयोगले, न सरकारको तर्फबाट संवाद भएको छ,” उनले भने।
तर, अर्यालले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पक्षमा पार्टी अडान रहेको बताए “सरकार नै निर्वाचन गराउनका लागि बनेको हो, त्यसैले समयमै निर्वाचन हुनुपर्छ।”
निर्वाचनमा जानुको विकल्प छैनः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पनि निर्वाचनबाट भाग्ने विकल्प नरहेको बताए। उनले भने, “फेरि पनि संसद पुनःस्थापनाको माग गर्नु जनताको चाहनाको अपमान हुनेछ। सबै दलहरू निर्वाचनमा जाने तयारीमा लाग्नुपर्छ।”श्रेष्ठले निर्वाचनअघि नै ‘नवीन राजनीतिक समझदारी’ कायम गर्न आग्रह गरे।
आयोग र सरकार छलफल तयारीमा
आयाेग स्रोतका अनुसार निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीसँग छलफलपछि आयोगले प्रमुख दलहरूलाई बोलाएर परामर्श गर्ने योजना बनाएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: